जापानबाट सोझै अमेरिका उडे अनमोल र वर्षा

मनोरञ्जन

जापानमा आयोजना भएको ‘सूर्य इन्टरनेशनल फिल्म अवार्ड’मा सहभागी भएर नायक अनमोल केसी र नायिका वर्षा राउत अमेरिका पुगेका छन् । वर्षा र अनमोल अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजना हुन लागेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् । अनमोल यसअघि पनि यो अवार्डमा सहभागी भैसकेका छन् भने वर्षाले पहिलो पटक सहभागीता जनाउँदैछिन् ।

जापानमा आयोजना भएको अवार्ड समारोहमा यी दुबैले अवार्ड पाएका थिए । यही अवार्डमा सहभागी हुनका लागि नायिका दीपिका प्रसाँई, निर्देशक दिवाकर भट्टराई पनि अमेरिका उडेका छन् ।

नेपाली चलचित्रको व्यापार विश्व बजारमा खासै सुखद नभएपनि अवार्ड हुने क्रम भने झनै बढेको छ । कलाकारहरुले पनि अवार्डमा आफ्नो उपस्थिती जनाइरहेका छन् । अमेरिकामा हुन लागेको अवार्डमा वर्षा र अनमोलले अवार्ड पाएको खण्डमा, आश्चर्य नमान्दा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *