आठ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

Breaking News

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट आठ किलो अवैध सुनसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । हङकङबाट नेपाल एयरलायन्सको विमानमा नेपाल आएका उनीहरु शुक्रबार राति ११ः४० बजे विमानस्थल भन्सारमा नियमित जाँच गर्ने क्रममा समातिएका हुन् ।

दुई जनाले चाररचार किलो सुन लिएर आएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत एवं प्रवक्ता राजकुमार अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार दुवैजनाले चेन लगाउन मिल्ने अण्डरवेयरमा चार÷चार वटा सुनको बिस्कुट लुकाएर ल्याएका थिए ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक चेन होङयाङ र चेन क्वीनहाङ रहेका छन्। उनीहरुले नेपालमा कसका लागि सुन ल्याउँदै थिए भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरुसँग आज दोभाषेको माध्यामबाट थप बयान लिइने प्रवक्ता अधिकारीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *