कास्की-२ को मतदान स्थलमै बम प्रहार, मतदाताहरूमा त्रास

Breaking News

प्रतिनिधिसभा सदस्य चयनका लागि शनिबार मतदान भइरहेको कास्की क्षेत्र नम्बर २ को एक मतदान स्थलमा बम प्रहार भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ९ स्थित नयाँबजार नवप्रभात माविमा रहेको मतदान केन्द्रमा माथिबाट एक्कासि बम प्रहार भएको हो।

मतदाताले भोट हालिहरहेका बेला माथिबाट मतदानस्थलमै बम प्रहार गर्दा थोरैले मानवीय क्षति हुनबाट बचेको प्रहरीले जनाएको छ।

मतदातालाई त्रसित गराउन विष्फोट गराएको भन्दै प्रहरीले निर्धक्क भएर मतदान गर्न अपिल गरेको छ । विष्फोटपछि सुरक्षा व्यवस्था झन् कडा बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *