शनिबार लगनगाँठो कस्दै ऋचा

मनोरञ्जन

अभिनेत्रीको रुपमा पर्छिन् ऋचा शर्माको विवाहको चर्चा चलेको लामो समय भयो।  केहि समय अगाडी पोखरमा ‘व्याचलर्स पार्टी’ समेत गरिसकेकी ऋचाको विवाह मिति यो शनिबारलाई जुरेको छ ।

मङ्सिर २१ अर्थात् डिसेम्बर ७ मा उनको लगनगाँठो दिपेश विक्रम राणा संग कसिदैछ।  ऋचाले विवाहको मिति आज मात्र सार्वजनिक गरेकी हुन् ।  करिव दुई बर्षको प्रेम सम्बन्धलाई यी दुईले विवाहको नाम दिएका हुन्।

दिपेश क्युएफएक्स ग्रुप अन्तर्गत ललितपुरको लाबिम मलका जनरल म्यानेजर हुने ।  सोहि पश्चात दुवैको चिनजान भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *