न्युजल्याण्डका पूर्वप्रधानमन्त्री मुरेको निधन

न्युजल्याण्डका पूर्वप्रधानमन्त्री माइक मुरेको आइतबार ७१ वर्षको उमेरमा निधन भएको छ । उनी सन् १९९० देखि न्युजल्याण्डको ३४औँ प्रधानमन्त्री बनेका थिए । उनको आफ्नै निवासमा निधन भएको अधिकारीहरुले जनाएका छन् । उनको निधनप्रति प्रधानमन्त्री जसिन्दा एर्डेर्नले दुःख व्यक्त गरेका छन् । देशको व्यापारको क्षेत्रमा मुरेको ठूलो योगदान रहेको उनले स्मरण गरे । विश्व व्यापार सङ्गठन […]

Continue Reading

राजगद्दी त्याग्ने बेलायती राजकुमार ह्यारीको घोषणा

बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगानले राजपरिवारको वरिष्ठ सदस्य पद त्याग्ने घोषणा गरेका छन् । उनीहरुले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफूहरु राज परिवारको वरिष्ठ सदस्य पदमा रहन नचाहेको र आर्थिक एवम् सामाजिक रुपमा स्वतन्त्र हुन चाहेको उल्लेख गरेका छन् । उनीहरुले बेलायत तथा उत्तर अमेरिकामा आफ्नो बाँकी जीवन बिताउन चाहेको उल्लेख गरेका छन् । बीबीसीका […]

Continue Reading

इरान विमान दुर्घटना अपडेट : १७० जनाको मृत्यु

इरानको तेहरान विमानस्थलमा युक्रेनी विमान दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु भएको छ । युक्रेनी बोइङको ७३७ विमान तेहरान विमानस्थल नजिक दुर्घटनामा परेको बीबीसीले जनाएको छ । विमान दुर्घटनामा १७० जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ । फारस राज्य समाचार एजेन्सीका अनुसार यूक्रेन इन्टररनेशनल एयरलाइन्सको विमान तेहरानमा इरानको इमाम खुमैनी विमानस्थलबाट उडान भर्नासाथ […]

Continue Reading

मिसाइल आक्रमणमा ८० अमेरिकी सेनाको मृत्यु भएको इरानको दाबी, क्षतिको मूल्याकंन गर्दै पेन्टागन

इरानले आफ्नो मिसाइल आक्रमणमा ८० अमेरिकी सेनाको मृत्यु भएको दाबी गरेको छ। इरानी सरकारी टेलिभिजनका अनुसार ‘इरानले ८० अमेरिकी आतंकवादी’ मिसाइल आक्रमणमा मारिदिएको छ । आफ्ना सैन्य कमान्डर कासिम सुलेमानीको अमेरिकी आक्रमणमा मृत्यु भएपछि इरानले अमेरिकासँग बदला लिने बताएको थियो। मंगलवार मात्र इरानले अमेरिकी सेनालाई आतंकवादी घोषित गरेको थियो। बुधवार बिहानै इरानले इराकस्थित दुई अमेरिकी […]

Continue Reading

इरानमा १८० यात्रु सवार विमान दुर्घटना

१८० यात्रु सवार बोइङ ७३७ विमान इरानमा दुर्घटना भएको छ । युक्रेनी विमान बुधबार बिहान इरानको राजधानी तेहरान नजिक दुर्घटना भएको हो । तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमा विमान दुर्घटना भएको बताइएको छ । यसको विस्तृत विवरण आउन बाँकी छ ।

Continue Reading

इरानले दुई अमेरिकी सैन्य अड्डाहरूमा क्षेप्यास्त्र आक्रमण गरेपछि अमेरिकाको यस्तो चेतावनी

आफ्ना उच्च सैन्य कमाण्डरको हत्याको प्रतिशोध सहित इरानले अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र आक्रमण गरेपछि विश्वको ध्यान त्यता तानिएको छ । आक्रमणपछि अब ठूलो युद्ध हुने आँकलनसहित अनेक अड्कलबाजी पनि हुन थालेका छन् । अब घटनाक्रम कसरी अघि बढ्छ भन्ने विषय अन्यौल रहेपनि केहिबेरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्ने कार्यक्रम रहेको सीएनएनले जनाएको छ । […]

Continue Reading

इरानी राष्ट्रपतिले गरे अमेरिकी सेनालाई आतंककारी घोषणा

इरानले अमेरिकी सेनालाई आतंककारी घोषणा गरेको छ । आफ्ना इस्लामिक रिवोल्युस्नरी गार्ड कर्प्सका कमाण्डर मेजर जनरल कासिम सुलेमानीको हत्या गर्ने अमेरिकी सैनिकलाई मंगलवार इरानी राष्ट्रपति हसन रुवानीले आतंककारी घोषणा गरेका हुन् । आतंककारी घोषणासँगै अब इरानले आफ्नो क्षेत्र आसपासमा रहँदै अमेरिकी सेनामाथि कारबाही गर्न सक्ने समाचारमा जनाइएको छ । राष्ट्रपति रूहानीले भने, ‘जसले बारम्बार ५२ […]

Continue Reading

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित

अधिकार दुरुपयोग गरेबापत् अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित भएको छ । ट्रम्पमाथि तल्लो सदनको १ सय ४८ विरुद्ध २ सय ११ भोटले महाभियोग प्रस्ताव पारित भएको हो । तल्लो सदनबाट महाभियोगमा पर्ने डोनल्ड ट्रम्प तेस्रो अमेरिकी राष्ट्रपति हुन् । राष्ट्रपति ट्रम्पले त्यसपछि माथिल्लो सदन सिनेटको अर्को महिना सामना गर्नुपर्नेछ । ट्रम्पले यसअघि ट्वीटरमा […]

Continue Reading

फाँसीका लागि बिहानको समय निश्चित, कैदीको कानमा यसो भन्छन् जल्लाद

सन् १९८३ मा भारतको सर्वोच्च अदालतले भारतमा ‘रेयरेस्ट अफ द रेयर’ अर्थात् सबैभन्दा संगीन र घृणित मामलामा मात्रै फाँसीको सजाय हुने प्रावधान निश्चित गरेको छ । सन् २०१२ मा निर्भयामाथि जुन अपराध भयो त्यसलाई पनि भारतीय अदालतले यसै श्रेणीमा राख्दै दोषीलाई मृत्युदण्डको सजाय सुनाएको थियो । भारतीय मिडियाले अहिले जुन समाचार प्रकाशित गरिरहेका छन्, त्यो […]

Continue Reading

यी हुन् विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री !

फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुने भएकी छन्। उनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा सबै दलको नेतृत्व महिलाहरूले गर्नेछन्। प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोशल डेमोक्रेटिक पार्टीले यातायातमन्त्री मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको थियो। उनले यही साता पदभार ग्रहण गर्ने अपेक्षा गरिएको छ। नयाँ सरकारमा पाँचवटा दल सहभागी हुने […]

Continue Reading