नेपाल आइडल सिजन–३ को पहिलो गोल्डेन माइक मेगालाई

सिङगिङ रियालिटी सो नेपाल आइडल सिजन–३ मा दुईवटा श्रृंखला सकिँदा एकजना प्रतिस्पर्धीले गोल्डेन माइक पाएका छन् । काठमाडौं अडिसनमा अडिसन दिन आएकी काठमाडौं बसुन्धराकी मेघा श्रेष्ठले गोल्डेन माइक पाएकी हुन् । श्रेष्ठले ‘हिँड्दा हिँड्दै डोबाटोमा…’ र ‘किन रुन्छ यो मन…’ गाएकी थिइन् । विद्यालयदेखि नै गीत गाउँदै आएकी उनी विमेन इन कन्सर्टबाट पनि गीत गाउँदै […]

Continue Reading

‘भुल’को म्युजिक भिडियोमा सविन र सारा

गायक तथा  संगीतकार  सुर्य दयालुद्वारा स्वर–संगीतबद्ध तथा रचनाकार श्याम प्रसाद पौडेलको रचना रहेको आधुनिक गीत ‘भुल’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  OSR digital युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । माया प्रेममा परी धोका पाएको युवकको भाव बोल्ने यस  गीतले दर्शकको मन जितिरहेको छ ।  यस गीतको भिडियोमा चर्चित नायक सविन श्रेष्ठ र मोडेल […]

Continue Reading

राम लिम्बु बने ‘द भ्याइस अफ नेपाल २’ का विजेता

द भ्याइस अफ नेपाल सिजन २ मा राम लिम्बु विजयी भएका छन् । राजधानीको ह्यात ग्राउण्डमा शनिवार भएको भव्य ग्राण्ड फिनालेमा उनी दर्शकको भोटका आधारमा विजयी भएका हुन् । उनी प्रमोद खरेलको टिमबाट प्रतिस्पर्धामा थिए । साउन ३१ देखि शुरु भएको यो रियालिटी शो टेलिभिजनमा रुचाइएको रियालिटी शो हो । ब्लाइन्ड राउण्ड, ब्याटल, नकआउट हुँदै […]

Continue Reading

आज स्वरसम्राट नारायण गोपालको २९ औं स्मृतिदिवस, विभिन्न कार्यक्रम गरिँदै

स्वरसम्राट नारायण गोपालको आज २९ औं स्मृति दिवस, उनको सम्झनामा विभिन्न कार्यक्रम गरिँदैछ । सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघर जमलमा सांगितिक स्मृतिसभा गर्दैछ । स्मिृतिसभामा विभिन्न कलाकारहरुले नारायाणगोलका चर्चित गीतहरु प्रस्तुत गर्नेछन्। महाराजगन्जस्थित नारायणगोपालको शालिकमा माल्यार्पण लगायतको कार्यक्रम पनि हुँदैछ । स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको जन्म विक्रम संवत् १९९६ साल असोज १८ गते काठमाडौंको किलागलमा भएको थियो […]

Continue Reading

गायक थानेश्वर गौतमको ‘सिन्की मस्यौरा’ सार्वजनिक

गायक थानेश्वर गौतमको सिन्की मस्यौरा गीत सार्वजनिक भएको छ । दुर्गा पौडेलको शव्द र हरि केसीको परिकल्पनामा तयार भएको गीतमा गायक गौतमले नै संगीत भरेका छन् । उदयराज पौडेलले एरेन्ज र किशोर थापाले मिक्सीङ गरेको उक्त गितको म्युजिक भिडियोमा समेत गायक गौतमलाई देख्न सकिनेछ । भिडियोमा गौतमसहित किशोर भण्डारी, रेश्मा तिमिल्सीना,गरिमा तिमिल्सीना, कुमार न्यौपाने र […]

Continue Reading

यस्तो बन्यो विराज र निकिताको ‘चरीले काफल’ गीत (भिडियोसहित)

माघ २४ देखि प्रदर्शनमा आउने फिल्म ‘साङ्लो’ मा समावेश गीत ‘चरीले काफल टिप्यो’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीत युट्युबमार्फत बिहीवार सार्वजनिक गरिएको हो । लोकशैलीको गीतमा राजनराज शिवाकोटीको शब्द तथा संगीत छ । यस्तै गीतमा शिवाकोटी र मिलन नेवारको स्वर सुन्न सकिन्छ । गीतको एरेन्ज राजन इशानले गरेका हुन् । भिडियोमा भने […]

Continue Reading

सेरहरूले ततायो महफिल

सर्वनामको प्रस्तुति गजलवाचन शृङ्खला महफिलको २३ औं शृङ्खला शनिवार सम्पन्न भएको छ । दर्शकहरूको बाक्लो सहभागिता रहेको महफिलमा गजलकार विमला दाहाल र बासु पुष्पा अधिकारीले गजल प्रस्तुत गरेका थिए । गजलकारद्वयले गजलका सेरहरू सुनाउदा दर्शक दीर्घाबाट सहभागीहरूले वा वा र वान्स मोर भन्दै समर्थन र सम्मानमा ताली बजाएर माहौल नै तताएका थिए । एक चरणमा […]

Continue Reading

‘लप्पन छप्पन’ भन्दै यसरी नाचे दीलिप र नीता

गायक सन्तोष अधिकारी र मीना निरौलाले नयाँ गीत बजारमा ल्याएका छन् । ‘लप्पन छप्पन’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा राजेन्द्र थापाले शब्द लेखेका हुन् भने सन्तोष श्रेष्ठले संगीत दिएका हुन् । यस्तै गीतको एरेन्ज देवेन्द्र नेवाले गरेका हुन् । वीरेन्द्र भट्ट ‘विपिन’ को छायांकन रहेको गीती भिडियोमा स्मृति तिमिल्सिनाले कोरियोग्राफी गरेकी […]

Continue Reading

सबैभन्दा बढी आयकर बुझाउने नेपाल लाइफ इन्स्योरेन्स सम्मानित

आर्थिक वर्ष २०७५-७६ मा नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकाले आन्तरिक राजस्व विभागले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कदरस्वरूप सम्मान गरेको छ । आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा मंसिर १ गते काठमाडौंमा आयोजित एक समारोहका बीच प्रमुख अतिथि तथा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत […]

Continue Reading