क्रिश्चियन धर्मको अपमान गरेको भन्दै रविना टन्डन र फराह खानविरुद्ध मुद्दा दर्ता

मनोरञ्जन

बलिउड अभिनेत्री रविना टन्डन, चर्चित निर्देशक फराह खान र हास्यव्यंग्य कलाकार भारती सिंह धार्मिक विवादमा फसेका छन्।

क्रिश्चियन धर्मको अपमान गरेको भन्दै उनीहरुविरुद्ध अदालतमा मुद्दा दर्ता भएपछि उनीहरु विवादमा परेका हुन् ।

गत महिना डिसेम्बरमा एक हास्यव्यंग्य कार्यक्रममा उनीहरुले क्रिश्चियन धर्मको अपमान गरेको आरोप रहेको छ ।

उनीहरुविरुद्ध पन्जावको रुपनगर शहरको अदालतमा मुद्दा दर्ता भएको छ । यसअघि अमृतसरमा पनि उनीहरुविरुद्ध मुद्दा दर्ता भएको थियो ।

उनीहरुले क्रिस्चियनहरुले प्रयोग गर्ने शब्द ‘हालेलुइया’लाई गलत रुपमा प्रयोग गरेको बताइएको छ । भिडियोमा फराह खानले भारती र रविनालाई हालेलुइया शब्द अंग्रेजीमा लेख्न लगाएको देख्न सकिन्छ ।

त्यसपछि उनीहरुले यस शब्दलाई हासोमजाक गर्छन् । भारतमा रहेको क्रिश्चियनहरुले उनीहरुको आलोचना गरिरहेका छन् ।

यसबीचमा उनीहरुले माफी मागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *