मिसाइल आक्रमणमा ८० अमेरिकी सेनाको मृत्यु भएको इरानको दाबी, क्षतिको मूल्याकंन गर्दै पेन्टागन

Breaking News अन्तर्राष्ट्रिय

इरानले आफ्नो मिसाइल आक्रमणमा ८० अमेरिकी सेनाको मृत्यु भएको दाबी गरेको छ। इरानी सरकारी टेलिभिजनका अनुसार ‘इरानले ८० अमेरिकी आतंकवादी’ मिसाइल आक्रमणमा मारिदिएको छ ।

आफ्ना सैन्य कमान्डर कासिम सुलेमानीको अमेरिकी आक्रमणमा मृत्यु भएपछि इरानले अमेरिकासँग बदला लिने बताएको थियो। मंगलवार मात्र इरानले अमेरिकी सेनालाई आतंकवादी घोषित गरेको थियो। बुधवार बिहानै इरानले इराकस्थित दुई अमेरिकी सैन्य बेसमा दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो।

क्षेप्यास्त्र प्रहारपछि अमेरिकी राष्ट्रपतिले त्यहाँ भएको मानवीय तथा अन्य क्षतिको अध्ययन भइरहेको र त्यसको जवाफ छिटै दिने बताएका थिए ।  ट्रम्पले ट्वीटमा भनेका थिए,‘हामीसँग संसारमैं सबैभन्दा शक्तिशाली र अत्याधुनिक सैन्यशक्ति छ, निकै नै बढी भोलि सबेरै म आफ्नो धारणा दिनेछु।’  ट्रम्पले आक्रमणको जवाफ दिने बताइरहँदा इरानले अमेरिकी सेना मारिएको दाबी गरेको हो।

साथै पेन्टागनले हाल आक्रमणले पुर्याएको क्षतिको मूल्याकंन गरिरहेको बताएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आक्रमणको पुष्टि गर्दै आक्रमणमा ब्यालेष्टिक मिसाइल प्रयोग गरिएको र ती इराकभित्रैबाट प्रहार गरिएको जानकारी दिएको छ । आक्रमणमा परेका दुईमध्ये एक हवाई आधारमा विगतमा डोनाल्ड ट्रम्पले भ्रमण गरेका थिए ।

पेन्टागनले हाल आफूहरुले आक्रमणले पु-याएको क्षतिको मूल्याकंन गरिरहेको बताएको छ । मुल्यांकनपछि अमेरिकी कर्मचारी र त्यस क्षेत्रका सम्पूर्ण मित्रहरुको ‘प्रतिरक्षा र सुरक्षाको लागि सम्पूर्ण अत्यावश्यक कदम उठाउने’ पेन्टागनले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *