इरान विमान दुर्घटना अपडेट : १७० जनाको मृत्यु

Breaking News अन्तर्राष्ट्रिय

इरानको तेहरान विमानस्थलमा युक्रेनी विमान दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु भएको छ । युक्रेनी बोइङको ७३७ विमान तेहरान विमानस्थल नजिक दुर्घटनामा परेको बीबीसीले जनाएको छ । विमान दुर्घटनामा १७० जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

फारस राज्य समाचार एजेन्सीका अनुसार यूक्रेन इन्टररनेशनल एयरलाइन्सको विमान तेहरानमा इरानको इमाम खुमैनी विमानस्थलबाट उडान भर्नासाथ दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटनामा सबै यात्रुको मृत्यु भएको इरानको राज्य टेलिभिजनले जनाएको हो । इरानको नागरिक उड्डयन संगठनका प्रवक्ता रजा जाफरजादेहाले राज्य टेलिभिजनसँग बताए अनुसार उडानमा सवार यात्रीको संख्या १७० जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *