राजगद्दी त्याग्ने बेलायती राजकुमार ह्यारीको घोषणा

Breaking News अन्तर्राष्ट्रिय

बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगानले राजपरिवारको वरिष्ठ सदस्य पद त्याग्ने घोषणा गरेका छन् । उनीहरुले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफूहरु राज परिवारको वरिष्ठ सदस्य पदमा रहन नचाहेको र आर्थिक एवम् सामाजिक रुपमा स्वतन्त्र हुन चाहेको उल्लेख गरेका छन् । उनीहरुले बेलायत तथा उत्तर अमेरिकामा आफ्नो बाँकी जीवन बिताउन चाहेको उल्लेख गरेका छन् ।

बीबीसीका अनुसार कुनै पनि सल्लाह नगरी ह्यारी दम्पतीले सार्वजनिक गरेको यो विज्ञप्तीले शाही परिवार आश्चर्य चकित भएको छ । शाही परिवारका वरिष्ठ सदस्यहरु राजकुमार ह्यारी दम्पत्तीको निर्णयबाट निराश भएका छन्। गत अक्टोबरमा राजकुमार दम्पतीले आफ्नो जीवन त्यति धेरै खुसी र स्वतन्त्र नरहेको बताएको थियो ।

गएराति अप्रत्याशित रुपमा इन्स्टाग्राम पेजमा ह्यारी दम्पत्तिले सार्वजनिक गरेको वक्तव्यमा आफूहरु आर्थिक रुपमा स्वतन्त्र हुन चाहेको बताएका थिए । ह्यारी दम्पत्तिको विज्ञप्तीमा महारानीबाट पनि आफूहरुको प्रस्तावमा समर्थन आवश्यक रहेको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *