सूर्य इन्टरनेशनल अवार्डः अनमोल र साम्राज्ञीलाई पपुलर अवार्ड

अनौठो संसार समिक्षा

जापानको टोकियोमा आयोजना गरिएको सूर्य ईन्टरनेशनल अवार्ड २०१९ सम्पन्न भएको छ । आइतबार जापानमा सम्पन्न भएको अवार्डमा चलचित्र ‘क्याप्टेन’ बाट अनमोल केसीले पपुलर नायकको अवार्ड हात पारे भने चलचित्र ’कायरा’बाट साम्राज्ञी राज्यलक्ष्मी शाहले पपुलर नायिकाको अवार्ड पाएका छन् ।

निर्देशक तथा कलाकार दीपाश्री निरौलाले चलचित्र ’छक्का पञ्जा ३’बाट पपुलर निर्देशकको अवार्ड जितेकी छिन् । चलचित्र ’गोपी’बाट नायिका वर्षा राउतले पपुलर सह अभिनेत्रीको अवार्ड पाइन् । उत्कृष्ट निर्देशक क्रिटिक्सतर्फ गोपीबाट निर्देशक दिपेन्द्र लामाले अवार्ड पाएका छन् । यस्तै क्रिटिक्स अवार्डमा फिल्म ’प्रसाद’ परेको छ भने फिल्म प्रसादबाटै अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठले पनि अवार्ड पाएका छन् ।

पप गायकमा ’कर्के नजर’बाट सञ्जिब पराजुली र ’कर्के नजर’बाटै टिका प्रसाई पप गायिको अवार्ड पाए । त्यस्तै आधुनिक गायक तर्फ ’मोहनी’ बाट राजेश पायल राई र गीत ’पिरिम नलाउने’बाट मेलिना राईले अवार्ड पाउन सफल भएका छन् ।

लामो समयसम्म फिल्म क्षेत्रमा योगदान दिएका निर्देशक तथा वरिष्ठ कलाकार नीर विक्रम शाहलाई शाहले लाईफटाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ । यस्तै मह जोडीलाई पनि सुर्य रत्न सम्मानबाट सम्मानित गरिएको छ । यता क्याप्टेन तथा कलाकार विजय लामालाई सुर्य कलाकारिता सम्मान २०१९ प्रदान गरिएको छ। फिल्म पत्रकारिता पुरस्कारबाट निर्देशक तथा पत्रकार लक्ष्मण सुबेदीलाई नगद २५ हजार जापनिज रुपैयाँ सहित पुरस्कृत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *