डलर बलियो, नेपाली रुपैयाँ कमजोर ; भारतीय अर्थतन्त्र सुस्ताउँदाको असर

अर्थ वाणिज्य

भारतीय अर्थतन्त्रमा आएको मन्दीको असर नेपालको अर्थतन्त्रमा देखिन थालेको छ। भारतमा देखिएको आर्थिक मन्दीले डलर बलियो हुन पुगेको छ भने नेपाली रुपैयाँ कमजोर हुन पुगेको छ।

भारतीय सरकारी तथ्याङ्कले भारतको आर्थिक वृद्धिदर ६ वर्ष यताकै कमजोर देखाएपछि डलरको भाउ एकाएक बलियो भएको हो। भारतीय अर्थतन्त्र सुस्ताउँदा नेपालको विभिन्न क्षेत्रमा असर पार्ने अर्थविद चन्द्रमणि अधिकारी बताउँछन्।

‘भारतीय अर्थतन्त्रमा आएको मन्दीले नेपालीको दैनिक जीवनमा असर पार्छ,’ उनले भने, ‘बहुआयामिक (मल्टिपल) क्षेत्रमा असर पार्ने सम्भावना देखिएको छ। सेटेलाइट इकोनोमी भएकाले दुवै देशलाई असर पार्ने उनको भनाइ छ।

अमेरिकाले कर्पोरेट कर घटाएका विश्वका धेरै लगानीकर्ता अमेरिका लगानी गर्न पुगेको अधिकारीको भनाइ छ। ‘यसले गर्दा अमेरिकी डलरको भाउ बढ्न पुगेको हो,’ उनले भने, ‘त्यसको असर भारतसँगै नेपालमा पर्न थालेको छ।’

भारतको पहिलो त्रैमासको वृद्धिदर ४।५ प्रतिशत मात्र देखिएको छ। भारतीय सरकारी तथ्याङ्क अनुसार जुलाईदेखि सेप्टेम्बरको आर्थिक वृद्धिदर ४।५ प्रतिशत मात्र रहेको छ। भारत सरकारका लागि यो एउटा कडा चुनौतिको बिषय बनेको छ। अघिल्लो वर्षको सोही समयमा भारतको आर्थिक वृद्धिदर सात प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ।

एसियाकै तेस्रो ठूलो अर्थतन्त्र भारतमा अघिल्लो त्रैमासिकमा पाँच प्रतिशत कायम रहेको आर्थिक वृद्धिदरमा ०।५ प्रतिशतको कमी आएको हो।

भारतीय अर्थतन्त्र कमजोर हुँदै गएपछि अमेरिकी डलरको भाउ उकालो लाग्दै गएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि आज (सोमबार)का लागि एक डलरको खरिददर १ सय १४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ ९ पैसा तोकेको छ।

डलरको भाउ मजबुत बन्दै गएको छ। नेपाली रुपैयाँ बलियो नहुनुको कारण भारतीय रुपैयाँ कमजोर हुनु हो। नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर ९फिक्स्ड पेग० भएका कारण भारु कमजोर हुनासाथ नेपाली रुपैयाँ पनि कमजोर र बलियो हुँदा बलियो हुने गरेको छ।

अहिले प्रतिव्यक्ति साढे ३६ हजार रुपैयाँ एक व्यक्तिको ऋणको भागमा परेको छ। डलरको भाउ अझै बढ्ने हो भने ऋणको भार अझै थपिदै जानेछ।
नेपाली रुपैयाँ कमजोर र अमेरिकी डलर बलियो बन्न पुग्दा विदेशबाट आयात हुने सामान महँगो हुने गर्छ। डलर बलियो भएका कारण उपभोक्ताले विदेशी सामान किन्दा बढी मूल्य तिर्नुपर्ने हुन्छ।

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार, अन्तर्राष्ट्रिय बजारका कारण डलर कमजोर र बलियो हुने गर्दछ। भारतको मुद्रा केही कमजोर बनेकाले डलरको भाउ बलियो भएको हो। भारतीय अर्थतन्त्र कमजोर बनिरहेको तथ्याङ्क बाहिर आइरहेको छ।

भारतीय मुद्रा कमजोर हुनुलाई भारतको अर्थतन्त्र मन्दीतर्फ धकेलिँदै गएको सङ्केतका रुपमा लिन सकिने पनि विज्ञको भनाइ छ। २०७५ साल असोज २६ गते डलर मजबुत हुँदै गएर एक डलर किन्न एक सय १९ रुपैयाँसम्म तिर्नुपरेको थियो। त्यसपछि डलर निरन्तर कमजोर हुँदै आएको थियो। तर, पछिल्लो समय पुनः भारतको अर्थतन्त्र कमजोर हुन थाल्दा डलर बलियो हुन पुगेको हो।

एक विज्ञले भने, ‘डलर बलियो हुँदा नेपाली रुपैयाँ कमजोर हुन्छ र यसले नेपाललाई फाइदाभन्दा बेफाइदा बढी हुन्छ।’

नेपाली रुपैयाँसँग स्थिर विनिमय दर कायम रहेको भारतीय मुद्रा कमजोर बन्दा नेपालमा डलरको भाउ बढेको को हो। अमेरिकी अर्थतन्त्र बलियो हुँदा डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बनेको विज्ञको भनाइ छ। डलरको भाउ बढ्दा तेस्रो मुलुक ९भारतबाहेक० बाट आयात हुने सामानको मूल्य पनि बढ्ने नेपाल राष्ट्र बैंकको भनाइ छ।

डलर बलियो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स पाउनेलाई फाइदा हुने गर्छ। डलरको भाउ कमजोर हुँदा विदेशमा रहेका नेपालीले रेमिट्यान्स पठाउँदा कम रकम र डलर बलियो हुँदा बढी रकम पाउँछन्। डलर बलियो भएका कारण रेमिट्यान्स पठाउने नेपालीलाई भने फाइदा हुन्छ। डलर बलियो हुँदा राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढी तिर्नुपर्ने हुन्छ।

अहिले प्रतिव्यक्ति साढे ३६ हजार रुपैयाँ एक व्यक्तिको ऋणको भागमा परेको छ। डलरको भाउ अझै बढ्ने हो भने ऋणको भार अझै थपिदै जानेछ।

भारतको कर्पोरेट क्षेत्रको आम्दानीमा र नाफामा देखिएको कमीसँगै लगानी क्षेत्र प्रभावित बन्न पुगेको छ। साथै रोजगारीको क्षेत्रमा पनि सुधार आउन सकेको छैन।

भारतीय अर्थतन्त्रमा आएको मन्दीको असर सर्वसाधारणले वस्तु खरिद गर्ने वस्तुमा परेकोे अर्थविद अधिकारीले बताए। ‘भारतीय नागरिकले दैनिक उपभोग गर्ने वस्तुदेखि सामान खरिदमा समेत कटौती गर्नुपर्ने अवस्था आएको छ,’

उनले भने, ‘त्यसको असर नेपालमा पर्न थालेको छ।’ भारत सरकारको पछिल्लो नयाँ नीतिले मुलुकका साना तथा मझौला व्यवसायहरू समस्यामा परेको उनको भनाइ छ। अर्थविद्हरूले भारतको अर्थतन्त्रमा यस वर्षको अन्तिम महिनामा पनि कमी आउने अनुमान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *