डान्सका कारण ट्रोलको सिकार बनिन सेलेना

हलिउड

भएभरका सेलिब्रिटी सहभागी हुने अमेरिकन म्युजिक अवार्ड चर्चाविहीन हुने कुरै थिएन र यसपालि पनि भएन। त्यहाँ विजेताहरुको चर्चा त हुने नै भयो। सेलिब्रिटीको रेड कार्पेटले पनि राम्रै चर्चा पाउँछ यस्ता कार्यक्रममा । यस कार्यक्रममा यो पटक सेलेना गोमेज सबैको नजरमा परिन्। कार्यक्रममा उनले गरेको डान्सका कारण उनी ट्रोलको सिकार बनिन् ।

दुई वर्ष भइसकेको थियो उनले लाइभ पर्फमेन्स नदिएको । अमेरिकन म्युजिक अवार्डको मञ्चमा उनी लाइभ प्रस्तुतिका लागि उत्रिएकी थिइन् । तर धेरै दर्शकलाई उनको डान्स मुभ मन परेन र ट्रोलिङ शुरु भइहाल्यो । तर कार्यक्रम प्रस्तुतिको बेलामा टेइलर स्विफ्ट र हेल्सी जस्ता गायिकाले उनलाई खुब साथ दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *