पोर्नोग्राफी हेर्नेहरूबारे देखियो यस्तो भयावह अवस्था

अनौठो संसार

बलात्कार र यौन हिंसाको समाचारले हामीलाई अस्थिर बनाउँछ, तर बीबीसी रेडियो–५ ले गरेको एउटा शोध अन्ययनअनुसार बेलायतमा ४० वर्षभन्दा कम उमेरका एक तिहाइभन्दा बढी महिलाले सहमतिमै यौन सम्पर्क गर्दा पनि पुरुष पार्टनरले थप्पड हान्ने, गला दबाउने, हात खुट्टा बाँध्ने र थुक्ने गरेको बताएका छन् ।

यसमध्ये कुनै न कुनै प्रकारको हिंसा झेलेका महिलाहरूमध्ये २० प्रतिशत यौन सम्पर्कका बेला डराउँछन् र त्यसपछि निराश हुन्छन् । २३ वर्षकी एना नाम बताउने ती युवतीले तीन बेग्लाबेग्लै स्थानमा बेग्लै पार्टनरसँग गरेको यौन सम्बन्धका बेला यस्तो हिंसाको सामना गरेकी थिइन् ।

उनले सुरुमा कपाल भुत्याउनेदेखि थप्पडसमेत खानुपरेको थियो । त्यसपछि अन्त्यमा घाँटीसमेत थिच्ने प्रयास भएको थियो । एना भन्छिन्, ‘मलाई धेरै असहज महसुस मात्र भएन, भयभितसमेत बनायो । यदि कसैले गालामा थप्पड हानेर घाँटी थिच्छ भने त्यो उत्पीडन हुन्छ ।’
हिंसाको कारण के हो ?

एनाले यो विषय आफ्ना साथीहरूलाई सुनाइन्, त्यसपछि मात्र थाहा भयो, यो सामान्य कुरा हो । एना भन्छिन्, ‘अधिकांश पुरुष यौन सम्पर्कका बेला यस्तो हर्कत गर्दैनन् । तर कम्तीमा एउटा उपद्रो काम चाहिँ गरेरै जान्छन् । यस्तै अर्को अवसरमा उनको साथीमाथि घाँटी थिच्ने प्रयास भएको थियो । त्यो पनि बिना सहमति र बिना चेतावनी । उसको एक पार्टनर यति बलपूर्वक ठेल्थ्यो कि उनको शरीरमा चोटसमेत लाग्यो, जसको पीडा उनलाई धेरै दिनसम्म भयो । एनाले भनिन्, ‘मलाई थाहा थियो, केही महिलाहरू यस्ता हिंसात्मक गतिविधि मन पराउँछन् । तर समस्या यो हो कि प्रत्येक पुरुषहरू अधिकांश महिलाहरू यस्तै हिंसा मन पराउँछन् भनेर ।’

शोध अनुसन्धान कम्पनी सेवान्ता कामरेजले १८ देखि ३९ वर्षका दुई हजार दुई बेलायती महिलासँग सोधेर सहमतिमा गरिएको यौन सम्पर्कका बेला कस्तो किसिमको हिंसात्मक गतिविधि सहनुपरेको थियो, जसमा उनका पार्टनरले थप्पड मारेको होस् वा घाँटी थिच्ने प्रयास अथवा हातखुट्टा बाँध्ने वा थुकेको होस् । जुन एकदमै अवाञ्छित छ ।

यसको सेम्पल साइजमा बेलायतका प्रत्येक हिंसा र प्रत्येक उमेर समूहका महिला सामेल हुन् भन्ने कुरामा ध्यान राखिएको थियो । यसमा ३८ प्रतिशत महिलाले सहमतिमा भएको यौन सम्पर्कमा हिंसा भएको बताएका थियो । अझ कुनै बेला त त्यस्ता हर्कत एकदमै अवाञ्छित भएको उनीहरूले बताएका छन् ।

त्यसमध्ये ३१ प्रतिशत महिलाले भनेका थिए, कुनै बेला यस्ता हिंसात्मक गतिविधि अवाञ्छित थिएनन्, जबकि ३१ प्रतिशत महिलाले भने त्यस्तो हिंसात्मक अनुभूति नगरेको वा ती कुरा उल्लेख गर्न नचाहेको बताए ।

सेन्टर फर वुमन्स जस्टिसले बीबीसीसँग भने, यो तथ्यांकबाट युवा महिलामा सहमतिमा यौन सम्बन्धका बेला हिंस्रक, खतरनाक हुने र आफूलाई पनि त्यस्तो हर्कत गर्न दबाब दिने गरेको स्पष्ट हुन्छ । संस्थाका अनुसार ‘एक्सट्रिम पोर्नोग्राफी सहज उपलब्धता, सर्वसाधारणमा त्यसको सहज पहुँच भएकाले त्यस्तो भएको आशंका छ ।

वुमन्स एडकी कार्यकारी प्रमुख एडिना क्लेयर भन्छिन्, ‘४० वर्षभन्दा कम उमेरका महिलाहरूले थाहा नपाइकन यौन हिंसाको सामना गर्नुपर्छ । विशेषगरी उसको पार्टनर जोसँग सहमतिमै यौन सम्पर्क गरेको हुन्छ, त्यसबेला पनि महिला डराउनुपर्छ, अपमानित हुनुपर्छ ।’ यौन सम्पर्कका लागि सहमति भएपछि हिंसा अर्थात् थप्पड खानु, घाँटी थिच्नुजस्तो हिंसा हुने आशंका चानचुने कुरा होइन ।
म पनि डराएको थिएँ

एनाको उमेर ३० वर्षभन्दा बढी छ । उनी लामो समयसम्म रिलेसनमा बसेर बाहिर निस्केकी हुन् । त्यसपछि उनले कसैसँग एक रात पनि यौन सम्बन्ध राखिनन् । एमा भन्छिन्, ‘यौन सम्पर्कका लागि हामी ओछ्यानमा पुग्यौं, उसले बिना चेतावनी मेरो घाँटी थिच्न थाल्यो । मलाई बिजुलीको झड्का लाग्यो र म धेरै डराएँ । मैले उसलाई केही भनिनँ, मलाई लागेको थियो, उसले मलाई जोरजबर्जस्ती गर्न सक्छ ।’

एमाका अनुसार उसको पार्टनरको रवैया धेरै हदसम्म पोर्नोग्राफीबाट प्रभावित थियो । उनले भनिन्, ‘मलाई लाग्यो, यी सबै कुरा उसले अनलाइनमा हेरेको थियो, वास्तविक जीवनमा पनि ऊ त्यो प्रयोग गर्न चाहन्थ्यो ।’ उक्त शोधबाट पत्ता लागेको तथ्यअनुसार सहमतिमै भएको यौन सम्पर्कका बेला हिंसात्मक गतिविधि सामना गर्ने ४२ प्रतिशत महिलालाई त्यसबेला दबाब, बाध्यता र जर्बजस्तीको भाव महसुस हुन्छ ।
हिंसालाई पुरुषहरू सामान्य मान्छन्

स्टिवन पोप यौन र शारीरिक सम्बन्धबारे विशेष दख्खल राख्ने मनोचिकित्सक हुन् । उनले बीबीसी रेडियो–५ लाई भने, ‘मैले यस्ता हिंसा र त्यसले पार्ने नकारात्मक प्रभावबारे लामो समयदेखि काम गरिरहेको छु । यो गोप्य रूपमा फैलिएको महामारी हो । मानिसहरू यस्तो गर्छन् किनभने उसलाई यस्ता काम सामान्यजस्तो लाग्छ । तर धेरै हानिकारक हो । हामीले केही यस्ता घटना देखेका छौं, यसले सम्बन्धमा असर पारिरहेको हुन्छ । सबैभन्दा खराब चाहिँ यस्ता हिंसालाई पनि महिलाहरू चुपचाप स्वीकार गर्छन् ।’

जो यस्तो हिंसा गर्छ, उसलाई त्यसबाट उत्पन्न हुने खतराबारे जानकारी हुँदैन । स्टिवन भन्छन्, ‘मानिस मर्नबाट बच्न खोज्छन्, त्यसबेला मसँग आउँछन् । घाँटी थिच्दा जब महिला मृत्युको मुखमा पुग्छिन् त्यसबेला उनी धेरै समयसम्म बेहोस भइरहेकी हुन्छिन् । यो जहिले पनि खतरनाक हुन्छ, तर मानिसहरू यसबारे सोच्दैनन् ।’

यस्ता मुद्दामा क्याम्पेन चलाउने फियोना म्याकेजीको सर्वेको निष्कर्षले धेरैलाई भयभित बनाउँछ । फियोना भन्छन्, ‘मैले नियमित नै यस्ता महिलाहरू भेटिरहेकी छु, जो सहमतिमै यौन सम्पर्कका बेला यस्ता हिंसाको सामना गरिरहेका छन् या मौखिक दुव्र्यवहार झेलिरहेका छन् । केही घटनामा त सुरुमा महिलाहरूले यसको पत्तो पाउँदैनन् र वर्षौंसम्म उत्पीडन खेपिरहेका हुन्छन् ।

जब सहमतिमै यौन सम्पर्कका बेला हिंसाको घटना बढ्न थाल्यो, त्यसपछि फियोनाले यसबारेमा क्याम्पियन सुरु गरेका हुन् । उनले सुरु गरेको अभियानलाई ‘क्यान नट कन्सेन्ट टु दिस’ हो । उनका अनुसार केही घटना यस्ता थिए, जसमा यौन सम्पर्कका बेला महिलाको हत्यासमेत भएको थियो ।

एना भन्छिन्, ‘यौन धेरै हदसम्म पुरुष केन्द्रित हुन थाल्यो । यसमा पोर्नोग्राफीको प्रभाव यति धेरै छ, यसका लागि महिलाका लागि खास केही बाँकी रहँदैन ।’ एनाको भनाइअनुसार यौन सम्पर्कका बेला हिंसा अब सामान्य भइसक्यो । उनले भनिन्, ‘त्यो आम पुरुष हुन्छ, उसमा अलग केही हुँदैन । तर मेरो विचारमा पोर्नोग्राफी धेरै हेर्छन् । ऊ त्यो पोर्नोग्राफी हेर्छ र उसले अनुमान लगाउँछ, महिलालाई यस्तै चाहिन्छ, त्यो पनि नसोधिकन ।

यो अध्ययन हालै ब्रिटिस टुरिस्ट ग्रेस मिलानेको न्युजिल्यान्डमा भएको हत्या र हत्याका दोषी पुरुषले अदालतमा आफूलाई बचाउन ‘रफ सेक्स’ को दलिल पेस गरेपछि सार्वजनिक भएको हो । ग्रेस मिलानेको हत्याका दोषीले अदालतमा भनेका थिए, ‘रफ सेक्स’ का बेला ग्रेसको मृत्यु भएको हो । यद्यपि अदालतले उनलाई हत्याको दोषी ठहर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *