‘भुल’को म्युजिक भिडियोमा सविन र सारा

गीत / संगीत मुख्य समाचार

गायक तथा  संगीतकार  सुर्य दयालुद्वारा स्वर–संगीतबद्ध तथा रचनाकार श्याम प्रसाद पौडेलको रचना रहेको आधुनिक गीत ‘भुल’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  OSR digital युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

माया प्रेममा परी धोका पाएको युवकको भाव बोल्ने यस  गीतले दर्शकको मन जितिरहेको छ ।  यस गीतको भिडियोमा चर्चित नायक सविन श्रेष्ठ र मोडेल सारा श्रेष्ठ र बिक्रम क्षेत्रीको जोडदार अभिनय हेर्न सकिन्छ ।

छायाँकार मुकेश हुमागाईंको भिडियोग्रफी रहेको यस म्युजिक भिडियोको निर्देशन हरि वाग्लेले गरेका हुन भने सम्पादन प्रकाश एस। के।को रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *