आमा बनिन् नायिका विनिता बराल

बलिउड मुख्य समाचार

नायिका विनिता बराल आमा बनेकी छन्।  फिल्म चपली हाइटबाट चर्चामा आएकी नायिका विनिता बराल गत बुधबार छोरीलाई जन्म दिएकी हुन् ।  दसैँमा आफू गर्भवती भएको भन्दै शुभचिन्तकमाझ खुसी साटेकी बरालले छोरी ‘काया’लाई जन्म दिएको सामाजिक सञ्जालमार्फत उनले जानकारी दिएकी छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत छोरीसँगको फोटो सेयर गर्दै उनले ‘सबैभन्दा राम्रो क्रिसमस उपहार’ भन्दै खुसी व्यक्त गरेकी छन् । अघिल्लो जेठमा प्रेमी तिलक पौडेलसँगको तीन वर्ष लामो प्रेम सम्बन्धलाई उनले विवाहमा परिणत गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *