Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, असोज २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पूर्वपश्चिम राजमार्गको वैकल्पिक बाटो पनि अवरुद्ध

- shuvadmin / सोमबार, असार ०९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नवलपुर, पूर्वपश्चिम राजमार्गको आरुङखोलास्थित विनयी खोलाको डाइभर्सन बाढीले बगाएपछि प्रयोग हुँदै आएको वैकल्पिक सडक पनि अवरुद्ध भएको छ ।

होङसी सिमेन्ट कारखानाको गेट हुँदै सर्दी भएर ज्यामिरे निस्कने बैकल्पिक बाटो समेत अवरुद्ध भएपछि नारायणघाट–बुटबल सडक खण्डपूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

विनयी त्रिवेणी गाउँपालिका–३ को खरङगे खोलामा बाढीको बहाव बढेका कारण बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।

आइतबार यही बाटो भएर ६ दिनदेखि सडकमै रोकिएका एक हजार ८ सय मालवाहक सवारी साधनलाई गन्तव्यमा पठाइएको थियो ।

गत बिहीबार राति डाइभर्सनबाट जाँदै गरेको रात्रि बस खोलाले बगाएको थियो । त्यसपछि यहाँ डाइभर्सन नबनाइ यही वैकल्पिक मार्गबाट गाडीहरु आवतजावत हुँदै आएका थिए ।

आगामी असार १६ गतेदेखि दुम्विासको नयाँ पुल सञ्चालनमा आउने सडक आयोजनाले जनाएको छ ।

बाटो चिप्लो भएर गाडीहरु पास हुन नसकेपछि दाउन्नेको सडक साँझ ७ देखि बिहान ५ बजेसम्म पूर्ण रुपमा बन्द गरि मर्मत गरिँदैछ भने साना तथा हलुका सवारी साधन होङसीबाट सर्दी हुँदै दाउन्ने निस्कने गरेका थिए ।

Page Views: 92
संबन्धित शिर्षकहरु
स्कुल बस दुर्घटना अपडेट : ५ जनाकाे मृत्यु
आजबाट अग्रिम टिकट बुकिङ खुला
पाेखरामा स्कुल बस दुर्घटना
ताजा अपडेट
  • स्कुल बस दुर्घटना अपडेट : ५ जनाकाे मृत्यु
  • आजबाट अग्रिम टिकट बुकिङ खुला
  • पाेखरामा स्कुल बस दुर्घटना
  • बिहान ७ बजेबाट सुरु भएकाे मतदान दिउँसो ३ बजेसम्म
  • जुम्लामा आज सार्वजनिक बिदा
  • भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
  • कांग्रेसको निर्वाचन दिउँसो एक बजेलाई सारियाे
  • आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama