Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, असोज १९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विश्वकप छनोटमा सन्दीप चम्किंदा नेपालको अर्को रोमाञ्चक जीत, कतार पाँच रनले पराजित

- shuvadmin / मङ्गलबार, असोज २८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, आइसिसी टी-२० विश्वकपका लागि जारी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले अर्को रोमाञ्चक जीत निकालेको छ।

नेपालले कतारलाई ५ रनले पराजित गर्दै विश्वकप छनोट यात्रा बलियो बनायो।

यसअघि सुपर सिक्सको पहिलो खेलमा नेपालले युएई माथि १ रनको रोमाञ्चक जीत निकालेको थियो।

लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुपर सिक्समा दोस्रो जीत हासिल गर्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए।

कतार विरुद्ध खराब शुरुवातका बाबजुत सन्दीप लामिछानेको सानदार प्रदर्शनमा नेपालले जीत हासिल गर्यो।

नेपालले महत्वपूर्ण जित निकाल्ने क्रममा अन्तिम ४ ओभरमा ५ विकेट लिएर खेलमा सानदार पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको थियो।

खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै कतारलाई १ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रन बनाउन सक्यो।

१ सय ४८ रनको लक्ष्य पछ्याएको कतारले राम्रो सुरुवात गरेपनि पछिल्लो क्रम लगातार विकेट पतनको सिकार हुँदा अन्तिम बल अगावै १ सय ४२ रनमा अलआउट भयो।

उसका लागि इमाम लियानागेले अर्धशतकीय इनिङ खेले। उनले ३५ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५६ रन बनाए।

उनी र जुबाइर अली बिच पहिलो विकेटका लागि ७९ रनको साझेदारी भएको थियो। अ

लीले खेललाई अन्तिम सम्म लाने प्रयास गरेपनि उनले गतिलो साथ पाएनन अन्तत उनी ५२ रनको अवस्थामा १८ औं ओभरमा आठौं विकेटका रुपमा नन्दन यादवको बलमा पेभिलियन फर्किए।

यि दुइ बाहेक थप दोहोरो स्कोरका रुपमा मुहम्मद असिमले १० रन बनाए। पछिल्लो क्रमका अन्य कुनै पनि ब्याटरले दोहोरो स्कोरमा रन बनाउन सकेनन्।

नेपालको जीतमा सन्दीप लामिछाने निर्णायक बने। उनले महत्वपूर्ण ५ विकेट लिंदा नन्दन यादवले २ तथा दिपेन्द्र सिंह ऐरीले १ विकेट हात पारे।

जीतसँगै नेपाल तेस्रो पटक टी-२० विश्वकप खेल्ने संघारमा पुगेको छ। नेपाल सुपर सिक्समा अपराजित रहँदै ६ अङ्क बनाएर तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भयो।

Page Views: 80
संबन्धित शिर्षकहरु
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
ताजा अपडेट
  • आज हल्का वर्षा र हिमपातकाे सम्भावना
  • चाडपर्वलाई लक्षित गरि सहुलियत दरमा चामल बिक्री
  • कांग्रेसको १५औँ महाधिवेशनकाे दाेश्राे दिन बन्दसत्र हुँदै
  • चिनियाँ राजदूत मुस्ताङकाे कोरला नाका पुगे
  • काठमाडौंमा झण्डै ३० हजार सिलिन्डर वितरण
  • अध्यक्षमा पुनः डा.सीके राउत निर्वाचित
  • बस र ट्रक ठोक्किँदा बस चालककाे मृत्यु
  • नेपालबाट मनसुन बाहिरिने तयारीमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama