Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, साउन ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मिस नेपाल २०२६ को उपाधिका लागि महिमा पन्त प्रतिस्पर्धामा

- शुभ बिहानी / सोमबार, साउन ११, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

गोरखा पालुङटार नगरपालिका–१, बेलबासकी २० वर्षीया महिमा पन्त मिस नेपाल २०२६ को उपाधिका लागि प्रतिस्पर्धामा उत्रिएकी छन् । द हिडेन ट्रेजरद्वारा आयोजित मिस नेपाल २०२६ प्रतियोगितामा महिमा पन्तले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेकी हुन् ।

महिमा यस वर्षको प्रतियोगिताका २४ फाइनलिस्टमध्ये एक हुन् । सौन्दर्य, व्यक्तित्व, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर सञ्चालन हुँदै आएको मिस नेपाल प्रतियोगितामा महिमाले सुरुदेखि नै आत्मविश्वासी र परिपक्व प्रस्तुति दिँदै आफूलाई सम्भावनायुक्त प्रतिस्पर्धीका रूपमा स्थापित गरेकी छन् । प्रतियोगिताकाे ग्रुमिङ सेसन, व्यक्तित्व विकास तालिम, सार्वजनिक प्रस्तुति तथा सामाजिक गतिविधिहरूमा उनको सक्रिय सहभागिता रहेकाे छ भने उनले निर्णायक मण्डल र दर्शकको ध्यान आकर्षित गरेकी छन् ।

महिमाले मिस नेपाललाई केवल सौन्दर्य प्रतियोगिता नभई महिलाको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र परिवर्तनको अभियानका रूपमा लिएको बताउँदै उनले विशेषगरी महिला सशक्तीकरण, किशोरी तथा युवतीहरूको शिक्षा, आत्मनिर्भरता, नेतृत्व विकास र समान अवसरको सुनिश्चितता प्राथमिक सामाजिक एजेन्डा भएकाे उल्लेख गरेकी छन् । उनको ग्रामीण क्षेत्रका महिलालाई शिक्षा, सीप र आत्मविश्वासमार्फत सक्षम बनाउने अभियानमा काम गर्ने दीर्घकालीन लक्ष्य रहेको छ ।

गोरखाको ग्रामीण परिवेशबाट राष्ट्रिय मञ्चसम्मको यात्रा तय गरेकी महिमाले आफ्नो मेहनत, अनुशासन र सकारात्मक सोचलाई सफलताको आधार मान्दै उनले मिस नेपालको मञ्चले महिलाको आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने अवसर प्रदान गर्ने भएकाले त्यस अवसरलाई समाज परिवर्तनका लागि उपयोग गर्ने चाहना ब्यक्त गरेकी छन् ।

पछिल्ला केही सातादेखि सार्वजनिक भएका विभिन्न कार्यक्रम तथा सामाजिक सञ्जालमा महिमाप्रति दर्शकको सकारात्मक प्रतिक्रिया आएको छ भने उनको सरल व्यक्तित्व, प्रभावकारी अभिव्यक्ति, आत्मविश्वास र सामाजिक विषयप्रतिको स्पष्ट दृष्टिकोणले उनलाई यस वर्षका चर्चित प्रतिस्पर्धीमध्ये एक बनाएको छ ।

द हिडेन ट्रेजरले आयोजना गरेको मिस नेपाल २०२६ को ग्रान्ड फाइनल अगस्ट १, २०२६ मा ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजना हुनेछ । प्रतियोगितामा सहभागी २४ फाइनलिस्ट मध्येबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल कोसमो र मिस नेपाल इन्टरनेशनल लगायतका उपाधिका विजेता छनोट गरिने बताइएकाे छ ।

गोरखाको प्रतिनिधित्व गर्दै राष्ट्रिय मञ्चमा उभिएकी महिमा पन्त अहिले आफ्ना समर्थक, शुभेच्छुक तथा जिल्लावासीको विशेष आशा र भरोसाकी पात्र बनेकी छन् । अन्तिम प्रतिस्पर्धामा उनको प्रदर्शन कस्तो रहनेछ भन्ने विषयलाई लिएर सौन्दर्य प्रतियोगिताका अनुयायीहरू उत्सुकतापूर्वक प्रतीक्षारत रहेका छन् ।

Page Views: 5
संबन्धित शिर्षकहरु
आज धनगढीमा डाक्टर केसीसँग निर्णायक वार्ता हुँदै
आज देशकाे केहि भू–भागमा भारी वर्षाकाे सम्भावना
नेपालको पहिलो ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन गरिँदै
ताजा अपडेट
  • आज धनगढीमा डाक्टर केसीसँग निर्णायक वार्ता हुँदै
  • मिस नेपाल २०२६ को उपाधिका लागि महिमा पन्त प्रतिस्पर्धामा
  • आज देशकाे केहि भू–भागमा भारी वर्षाकाे सम्भावना
  • नेपालको पहिलो ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन गरिँदै
  • बुद्ध एयरले ल्यायाे एटीआर–७२–६०० विमान
  • सरकारी टाेली अनशनरत केसीसँग वार्ता गर्न धनगढी पुग्याे
  • ट्राफिक नियम उलंधन गर्ने माथि कडा निगरानी
  • आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama