हाम्रो बारेमा
वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
परिचपः–
वर्ल्डवाइड प्रोडक्सन मिडिया नेपालको संचार क्षेत्रमा लामो समयदेखि क्रियाशील र स्थापित व्यक्तिहरूबाट संचालित संस्था हो । यो नेपाल सरकारको कम्पनी रजिष्ट्रारको कार्यालय (द नं ८८१७४÷०६८÷६९), आन्तरिक राजश्व विभाग लगायतका सम्बन्धित निकायमा दर्ता भई आवश्यक सबै प्रक्रिया पूरा गरी क्रियाशील श्रव्यदृष्य, विज्ञापन,टेलिभिजन कार्यक्रम उत्पादन र प्रशारण अनलाईन संचालन गर्दै आहिरहेको संस्था हो । चलचित्र (लघुसमेत) तथा वृत्तचित्रको उत्पादन, फोटोग्राफी, विज्ञापन तथा बजार अनुसन्धानमा समेत सक्रीय वल्र्डवाइड प्रोडक्सन मिडिया नाफामूलक तर व्यवसायिक संस्था हो । नेपालको विभिन्न सञ्चार क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका र सम्हालिरहेका प्राविधिक तथा दक्ष जनशक्तिसमेतको समूह आवद्ध भएकाले प्राविधिक, व्यवसायिक र गुणस्तरीय सेवाका लागि यसले आफ्नो पहिचानलाई छोटो समयमै स्थापित गर्दै लैजान सकेको छ । वर्ल्डवाइडले प्रदान गर्ने।
सेवाहरूः–
विशेषगरी चलचित्र, लघु चलचित्र, टेलिचलचित्र, वृत्तचित्र, विज्ञापन र आवश्यकताअनुसार बजार अनुसन्धानमा समेत वर्ल्डवाइड प्रोडक्सन मिडियाले आफ्नो सेवा दिंदै आइरहेको छ । यस्तै फोटोग्राफी, सिनेमाटोग्राफी (क्यामरा), दृष्य सम्पादन, ग्राफिक्स तथा एनिमेसनसमेतमा संस्थामा पर्याप्त जनशक्ति छन् । संस्थाले दिंदै आएका सेवाहरू निम्नानुसार छन्ः
- कार्यक्रम तथा विषयवस्तुको परिकल्पना तथा त्यसका लागि परामर्श सेवा
- सत्थे संमचार दिई आम नागरीकलाई सचेत गराउर्ने उद्देश्यले अनलाईन संचार माध्यम संचालन गर्ने
- कार्यक्रम तथा विषयवस्तुको सैद्धान्तिक तथा प्राविधिक विषयमा परामर्श तथा जनशक्ति
- वृत्तचित्र, विज्ञापनको उत्पादन तथा प्रशारण प्रकाशन
- निर्देशन, लेखन, पाश्र्वआवाज, क्यामरा, दृष्य सम्पादन, ग्राफिक्स तथा एनिमेसन लगायतका क्षेत्रमा जनशक्ति बितरण तथा परिचालन