Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

देशभरिका अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट घोषित

- शुभ बिहानी / शुक्रबार, जेठ ०८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

देशभरिका अस्पतालमध्ये भक्तपुर अस्पताल न्यूनतम् सेवा मापदण्डमा उत्कृष्ट घोषित भएको छ । ‘सेकेण्डरी बी’ तहबाट ‘सेकेण्डरी ए’ तहका अस्पतालहरुको न्यूनतम् सेवा मापदण्डमा देशभरिका ‘बी’ तहका १०० देखि ३०० शय्यासम्मका अस्पतालहरूमध्ये भक्तपुर अस्पताल देशभरिकै उत्कृष्ट घोषित भएको हाे ।

अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टका अनुसार गतवर्ष पनि उक्त अस्पतालले ९० अङ्क सहित देशभरिकै उत्कृष्ट भएकामा यसवर्ष अरु थप ३ अङ्क सुधार गर्दै उत्कृष्टतालाई निरन्तरता दिएको हो ।

बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयद्वारा गत जेठ ५ र ६ गते विज्ञहरूसहित गरिएको न्यूनतम् सेवा मापदण्ड मुल्याङ्कनको नतिजा आज सार्वजनिक गरिएकोमा मूल्याङ्कन समितिले भक्तपुर अस्पतालमा आयोजित कार्यक्रममा उक्त नतिजा सार्वजनिक गर्दै मूल्याङ्कनमा ९३ प्रतिशत अङ्क प्राप्त गरी भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट घोषणा गरिएको हो ।

अस्पतालमा आयोजित न्यूनतम सेवा मापदण्ड तथा क्लिनिकल लेखापरीक्षणको समीक्षामा स्वास्थ्य निर्देशनालय बागमतीका निर्देशक डा. नरेन्द्रकुमार झाले अस्पतालका कर्मचारीहरूको लगनशीलता र मेहनतले भक्तपुर अस्पताल उत्कृष्ट भएको बताएका थिए ।

त्यसैगरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले अस्पताललाई अझ राम्राे बनाउने बताउँदै अस्पतालमा न्युरो सर्जरीका लागि स्तरोन्नति गर्ने प्रयास भइरहेको बताएका छन् । उनले अस्पतालमा अझै सेवा र सुविधा थप गर्ने प्रतिबद्धता समेत जनाए ।

Page Views: 113
संबन्धित शिर्षकहरु
सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
ताजा अपडेट
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै
  • बाढीमा बेपत्तामध्ये १ हजार २२२ जनाको शव फेला
  • कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama