आज स्थानीय बजारमा सुनचाँदी मूल्य बढेको छ । छापावाल सुन प्रतितोला ३ हजार ३ सय र असली चाँदी १२० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १ सय र असली चाँदीको मूल्य ३ हजार १९५ रुपैयाँ कायम भएको छ ।
यसअघि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८ सय र असली चाँदीको मूल्य ३ हजार ७५ कायम भएको थियो ।