Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, साउन २५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज साउनको अन्तिम सोमबार शिवालयहरुमा श्रद्धालुहरुको भिड

- शुभ बिहानी / सोमबार, साउन २५, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज साउन महिनाको अन्तिम सोमबार भएकाले काठमाडाैँकाे पशुपतिनाथलगायत देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

श्रद्धालुहरुले साउन महिनाका अरु सोमबार व्रत बसेर पूजापाठ गर्न नपाए पनि अन्तिम सोमबारको दिन व्रत बसेर पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेकाले आज साउन महिनाको अन्तिम सोमबार देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेकाे छ ।

साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरुले व्रत, पूजापाठ, दान लगायतका कर्म गर्दछन् । बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो लागेकाे छ । उनीहरुले काठमाडौंको सुन्दरीजलबाट ल्याएको जल पशुपतिमा चढाएर पूजापाठ गर्दछन् ।

काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर, दाङको धारपानी लगायतका शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

Page Views: 8
संबन्धित शिर्षकहरु
आज कुन फलफूल तथा तरकारीकाे थोक मूल्य कति ?
वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
देशकाे विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने
ताजा अपडेट
  • आज कुन फलफूल तथा तरकारीकाे थोक मूल्य कति ?
  • वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
  • आज साउनको अन्तिम सोमबार शिवालयहरुमा श्रद्धालुहरुको भिड
  • देशकाे विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने
  • प्रधानमन्त्री वालेन्द्र र पार्टी सभापति लामिछानेबिच भेटवार्ता
  • चार दिनमै सुन १७ हजार ९ सय महँगियो, फेरि पुग्यो ३ लाख १ हजार ७ सय
  • जंगलमा भेटियो पूर्वमेयर किरण सिंहको शव, तीन दिनदेखि थिए बेपत्ता
  • आदिवासी जनजातिको अधिकार र सहभागिताबिना समृद्ध नेपाल सम्भव छैन : राष्ट्रपति पौडेल

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama