Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, साउन २५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

- शुभ बिहानी / सोमबार, साउन २५, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

अविरल वर्षाका कारण आएको पहिरो र लेदोले बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । राजमार्गका विभिन्न खण्डमा माथिबाट पहिरो खसेपछि सवारी साधनको आवतजावत ठप्प बनेको हाे ।

बीपी राजमार्गअन्तर्गत काभ्रेको नार्के क्षेत्रमा माथिबाट लेदोसहितको ठूलो पहिरो झरेको छ भने लगातार वर्षा भइरहेकाले अझै थप पहिरो खस्ने जोखिम कायमै रहेको छ । राजमार्गका धेरै स्थानमा पहिरो र लेदोले क्षति पुर्याएको र सडक खुलाउनका लागि प्रहरी र प्राविधिक टोलीले पहिरो पन्छाउने काम सुरु गरेकाे बताइएकाे छ ।

उक्त राजमार्ग अवरुद्ध भएसँगै काठमाडौँबाट पूर्वतर्फ छुटेका र पूर्वबाट काठमाडौँ आउँदै गरेका सयौँ सवारीसाधन बिच बाटोमै रोकिएका छन् । काठमाडौँबाट पूर्वतर्फ गएका सवारीसाधनहरूलाई काभ्रेको भकुण्डेबेँसीमा र पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेका सवारीसाधनहरूलाई सिन्धुलीको खुर्कोटमा रोकिएको प्रहरीले जनाएकाे छ ।

रातिदेखिकाे अविरल वर्षाले पहिरो झर्ने क्रम नरोकिएकाले सडक खुलाउन केही समय लाग्न सक्ने प्रहरीकाे भनाइ रहेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै काभ्रे र सिन्धुली प्रहरीले सडकको अद्यावधिक अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेकाे छ ।

Page Views: 7
संबन्धित शिर्षकहरु
आज कुन फलफूल तथा तरकारीकाे थोक मूल्य कति ?
आज साउनको अन्तिम सोमबार शिवालयहरुमा श्रद्धालुहरुको भिड
देशकाे विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने
ताजा अपडेट
  • आज कुन फलफूल तथा तरकारीकाे थोक मूल्य कति ?
  • वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
  • आज साउनको अन्तिम सोमबार शिवालयहरुमा श्रद्धालुहरुको भिड
  • देशकाे विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने
  • प्रधानमन्त्री वालेन्द्र र पार्टी सभापति लामिछानेबिच भेटवार्ता
  • चार दिनमै सुन १७ हजार ९ सय महँगियो, फेरि पुग्यो ३ लाख १ हजार ७ सय
  • जंगलमा भेटियो पूर्वमेयर किरण सिंहको शव, तीन दिनदेखि थिए बेपत्ता
  • आदिवासी जनजातिको अधिकार र सहभागिताबिना समृद्ध नेपाल सम्भव छैन : राष्ट्रपति पौडेल

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama