Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, कार्तिक १३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?

- शुभ बिहानी / बिहिबार, कार्तिक १३, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आजका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मूल्यसूची सार्वजनिक गरेको छ । आजकाे थोक मूल्यसूचीअनुसार गोलभेडा ठूलो नेपाली र भारतीय दुवैको औसत थोक मूल्य प्रतिकिलो ६५ रुपैयाँ रहेको छ । त्यसैगरि गोलभेडा सानो लोकल र भारतीयको औसत मूल्य प्रतिकिलो ३५ रुपैयाँ ताेकिएकाे छ भने टनेलमा उत्पादित सानो गोलभेडाको ४२ रुपैयाँ ३६ पैसा रहेको छ ।

आलु रातो लाम्चो, रातो गोलो र रातो मुडे आलुको औसत मूल्य प्रतिकिलो ५७ रुपैयाँ ५० पैसा रहेको छ । भारतीय रातो आलुको औसत मूल्य ३२ रुपैयाँ ५० पैसा र सेतो आलुको २९ रुपैयाँ ६७ पैसा छ । सुकेको भारतीय प्याजको औसत मूल्य प्रतिकिलो ८७ रुपैयाँ ५० पैसा रहेको छ ।

लोकल गाजरको औसत थोक मूल्य प्रतिकिलो ११० रुपैयाँ र तराई गाजरको ८५ रुपैयाँ रहेको छ । त्यस्तै बन्दा लोकलको औसत मूल्य ३८ रुपैयाँ ७५ पैसा, स्थानीय काउलीको ४५ रुपैयाँ र तराई काउलीको ३५ रुपैयाँ रहेको छ ।

समितिका अनुसार रातो मूला र हाइब्रिड सेतो मूलाको औसत मूल्य प्रतिकिलो ४५ रुपैयाँ छ । लाम्चो भन्टाको औसत मूल्य ३५ रुपैयाँ र डल्लो भन्टाको ५० रुपैयाँ रहेको छ । त्यसैगरि पालुंगो सागको औसत थोक मूल्य प्रतिकिलो १२५ रुपैयाँ र चमसुरको सागको १७५ रुपैयाँ रहेको छ । रायो सागको औसत मूल्य ४० रुपैयाँ तथा तोरीको सागको ६५ रुपैयाँ छ । हरियो प्याजको औसत मूल्य प्रतिकिलो २२५ रुपैयाँ रहेको छ ।

मटरकोशाको औसत मूल्य प्रतिकिलो १३० रुपैयाँ छ भने घिउ सिमी लोकल र हाइब्रिड दुवैको ३५ रुपैयाँ रहेको छ । घिउ सिमी राजमाको औसत मूल्य १५० रुपैयाँ, तितो करेलाको ७५ रुपैयाँ र भिण्डीको ५५ रुपैयाँ छ । लौका, चिचिण्डो र हरियो फर्सी डल्लोको औसत मूल्य प्रतिकिलो ३५ रुपैयाँ रहेको छ ।

आजका लागि फलफूलतर्फ फुजी स्याउको औसत मूल्य प्रतिकिलो ३२५ रुपैयाँ, जुम्लाको स्याउको ३०० रुपैयाँ र मुस्ताङको स्याउको २७५ रुपैयाँ रहेको छ । अनार र भारतीय सुन्तलाको औसत मूल्य प्रतिकिलो ३२५ रुपैयाँ छ भने कागतीको २५० रुपैयाँ रहेको छ ।

त्यस्तै नेपाली र मालभोग केराको औसत मूल्य प्रतिदर्जन १२५ रुपैयाँ छ । नेपाली मेवाको औसत मूल्य प्रतिकिलो ५५ रुपैयाँ र भारतीय मेवाको ९५ रुपैयाँ रहेको छ । किवीको औसत मूल्य प्रतिकिलो ३२५ रुपैयाँ, नेपाली ड्रागन फ्रुटको ४५० रुपैयाँ र एभोकाडोको २५० रुपैयाँ छ ।

च्याउ कन्य च्याउको औसत मूल्य प्रतिकिलो ११३ रुपैयाँ ३३ पैसा, डल्ले च्याउको ३७५ रुपैयाँ, राजा च्याउको ३२० रुपैयाँ र सिताके च्याउको ९०० रुपैयाँ रहेको छ । त्यस्तै, कुरिलो र जिरीको सागको औसत मूल्य प्रतिकिलो ७५० रुपैयाँ, पुदीनाको ६५० रुपैयाँ र पार्सलेको २ हजार ६०० रुपैयाँ रहेको छ ।

Page Views: 9
संबन्धित शिर्षकहरु
नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि शुल्क तिर्नुपर्ने
आज एनपीएलकाे दुई खेल हुँदै
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
ताजा अपडेट
  • नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि शुल्क तिर्नुपर्ने
  • आज एनपीएलकाे दुई खेल हुँदै
  • आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर निर्धारण
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • किसानलाई हिउँदे जै घाँसको बीउ वितरण
  • काठमाडौं उपत्यकाबाट अन्य जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि लिन सक्ने
  • तिहार र छठ नजिकिएसँगै माटो र बाँस भाँडाकुँडाकाे व्यापार बढ्दाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama