Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, कार्तिक १३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

- शुभ बिहानी / बिहिबार, कार्तिक १३, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाे छ । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात (अर्नब)का कारण देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाे हाे ।

जसअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नुका साथै बाँकी भूभागमा आंशिक बादल लाग्ने बताइएकाे छ ।

त्यसैगरि कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा बाँकी हिमली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेकाे पनि विभागले जनाएकाे छ । त्यस्तै मधेस प्रदेशलगायत कोसी र बागमती प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे छ ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका अधिकांश स्थानमा बादल लाग्ने छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेकाे पनि विभागले जनाएकाे छ ।

पश्चिम मध्य बंगालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट हिजो बिहान जमिनमा प्रवेश गरेको थियो । जमिनमाथि प्रवेश गरेको ‘अर्नब’ उत्तर–उत्तरपश्चिम दिशातर्फ क्रमशः कमजोर हुँदै अघि बढेर आज बिहान डीप डिफ्रेसनमा परिणत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नेपालको वायुमण्डलमा हिजोदेखि ‘अर्नब’को प्रभावले बादल देखिएको थियाे भने आजदेखि उक्त चक्रवातको प्रभाव क्रमशः बढ्दै जाने सम्भावना रहेकाे छ । जसकाे कारण आजदेखि शनिबारसम्म देशका अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुने यसअघि नै विभागले जानकारी दिइसकेकाे छ ।

महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिम आँधी तथा हिम पहिरोको पनि जोखिम रहेकोकाले पर्यटकहरू उच्च हिमाली भूभागमा नजान, गएको भए पनि यस अवधिमा सुरक्षित ठाउँमा रहन विभागले आग्रह गरेको छ ।

माैसममा भएकाे परिवर्तनसँगै चिसो बढ्न सक्ने तथा जोखिमयुक्त स्थान, सडक छेउछाउ पहिरो जान सक्ने, सडक तथा हवाई यातायातलगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न विभागले सबैमा आग्रह गरेको छ ।

Page Views: 5
संबन्धित शिर्षकहरु
नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि शुल्क तिर्नुपर्ने
आज एनपीएलकाे दुई खेल हुँदै
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर निर्धारण
ताजा अपडेट
  • नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि शुल्क तिर्नुपर्ने
  • आज एनपीएलकाे दुई खेल हुँदै
  • आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर निर्धारण
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • किसानलाई हिउँदे जै घाँसको बीउ वितरण
  • काठमाडौं उपत्यकाबाट अन्य जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि लिन सक्ने
  • तिहार र छठ नजिकिएसँगै माटो र बाँस भाँडाकुँडाकाे व्यापार बढ्दाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama