आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाे छ । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात (अर्नब)का कारण देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाे हाे ।
जसअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नुका साथै बाँकी भूभागमा आंशिक बादल लाग्ने बताइएकाे छ ।
त्यसैगरि कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा बाँकी हिमली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेकाे पनि विभागले जनाएकाे छ । त्यस्तै मधेस प्रदेशलगायत कोसी र बागमती प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे छ ।
आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका अधिकांश स्थानमा बादल लाग्ने छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेकाे पनि विभागले जनाएकाे छ ।
पश्चिम मध्य बंगालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट हिजो बिहान जमिनमा प्रवेश गरेको थियो । जमिनमाथि प्रवेश गरेको ‘अर्नब’ उत्तर–उत्तरपश्चिम दिशातर्फ क्रमशः कमजोर हुँदै अघि बढेर आज बिहान डीप डिफ्रेसनमा परिणत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
नेपालको वायुमण्डलमा हिजोदेखि ‘अर्नब’को प्रभावले बादल देखिएको थियाे भने आजदेखि उक्त चक्रवातको प्रभाव क्रमशः बढ्दै जाने सम्भावना रहेकाे छ । जसकाे कारण आजदेखि शनिबारसम्म देशका अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुने यसअघि नै विभागले जानकारी दिइसकेकाे छ ।
महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिम आँधी तथा हिम पहिरोको पनि जोखिम रहेकोकाले पर्यटकहरू उच्च हिमाली भूभागमा नजान, गएको भए पनि यस अवधिमा सुरक्षित ठाउँमा रहन विभागले आग्रह गरेको छ ।
माैसममा भएकाे परिवर्तनसँगै चिसो बढ्न सक्ने तथा जोखिमयुक्त स्थान, सडक छेउछाउ पहिरो जान सक्ने, सडक तथा हवाई यातायातलगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न विभागले सबैमा आग्रह गरेको छ ।