आज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा दुई खेल हुँदैछ । एनपीएल तेस्रो संस्करण अन्तर्गत आजकाे पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज तथा दोस्रो खेल कर्णाली याक्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुन लागेकाे हाे ।
नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार पहिलो खेल मध्याह्न साढे १२ बजे तथा दोस्रो खेल साँझ ५ बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने तालिका रहेकाे छ ।
यसअघि हिजाे साँझ भएकाे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोएल्सबीचकाे खेलमा पोखरा एभेन्जर्सलाई हराउँदै सुदूरपश्चिम रोएल्स विजयी बनेकाे थियाे । एनपीएल तेस्रो संस्करण अन्तर्गतकाे फाइनल खेल मंसिर ५ गते हुनेछ ।