आज पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड तीन घण्टा बन्द हुने भएको छ । सडक खण्डको मझिमटारमा आकाशे पुलको यात्रु आवागमन गर्ने भाग (गर्डर) राख्ने कार्य गर्नुपर्ने भएकाले सडक तीन घण्टा बन्द हुने भएकाे हाे ।
पुलको गर्डर राख्ने कार्यका लागि उक्त सडकखण्डमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न लागिएको नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रले जानकरी दिएका छन् ।
पुलको गर्डर राख्ने कार्यका लागि सडक बन्द गर्न लागिएको र उक्त अवधिमा मलेखु–मुग्लिङ सडकखण्ड भएर आवतजावत गर्ने सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने उनले जानकारी दिएका छन् ।
सडक बन्द रहने समयमा सवारी चालक तथा यात्रुलाई धैर्यतापूर्वक यथास्थानमा रहन, लेन अनुशासन कायम गर्न तथा ट्राफिक नियमको पालना गर्न आयोजनाले अनुरोध गरेको छ । सडक बन्द हुँदा पर्न जाने असुविधाप्रति आयोजनाले क्षमा समेत मागेको छ ।