Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, कार्तिक १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपाली कांग्रेसद्वारा विपक्षी दलहरूको बैठक आव्हान

- शुभ बिहानी / सोमबार, कार्तिक १७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक आव्हान गरेकाे छ । बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरि दिउँसाे १ बजेका लागि आव्हान गरेकाे हाे ।

आज दिउँसो १ बजे बस्ने बैठकमा नेकपा एमालेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई बोलाइएको छ । बैठकमा कांग्रेसले सरकारको पछिल्लो कामकारबाही, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, संविधानमाथिको हस्तक्षेपलगायत विषयमा छलफल हुने बताइएकाे छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आइतबार रास्वपाको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । राम्रा कामको जस पार्टीले लिने तर नराम्रा कामको जिम्मेवारी सरकारमाथि थोपर्ने प्रवृत्ति देखिएको भन्दै उनले सत्तारूढ दल गैरजिम्मेवार ढंगले प्रस्तुत भइरहेको टिप्पणी समेत गरेका थिए ।

सरकारले संसद्को मर्यादा र लोकतान्त्रिक मूल्य–मान्यताको पालना गर्नुपर्नेमा जोड दिँदै नेता आङ्देम्बेले कांग्रेसले यस्ता विषयमा आफ्नो भूमिका प्रभावकारी बनाउने बताएका थिए । साेहि विषयमा कांग्रेसले आज प्रतिपक्षी दलहरूसँग छलफल गर्न लागेको बताइएकाे छ ।

Page Views: 12
संबन्धित शिर्षकहरु
केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि काठमाडौं ल्याइँदै
आज एनपीएलकाे दुई खेल हुँदै
मलेखु–मुग्लिङ सडकखण्ड तीन घण्टा बन्द हुने
ताजा अपडेट
  • केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि काठमाडौं ल्याइँदै
  • नेपाली कांग्रेसद्वारा विपक्षी दलहरूको बैठक आव्हान
  • आज एनपीएलकाे दुई खेल हुँदै
  • मलेखु–मुग्लिङ सडकखण्ड तीन घण्टा बन्द हुने
  • रास्वपाकाे स्थानीय तहका लागि उम्मेदवारी आवेदन खुला
  • सुनचाँदीको मूल्य घट्याे
  • अम्बे स्टील उद्योगमा आगलागी, आधा दर्जन बढि घाइतै
  • मौसम क्रमिक रूपमा सुधार हुँदै जाने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama