पछिल्लो एक सातादेखि नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । गत शुक्रबारदेखि स्थानीय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यसअघि गत शुक्रबार १२ हजार ६ सय रुपैयाँले घटेको सुनको भाउ आइतबार १ हजार ५ सय रुपैयाँ, सोमबार १ हजार १ सय रुपैयाँ, मंगलबार १ हजार ९ सय रुपैयाँले घटेको थियो भने बुधबार एकैदिन ६ हजार ३ सय रुपैयाँ र आज ३ हजार ३ सय रुपैयाँले घटेको हो।
आज सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा काराेबार भएको छ । हिजाे बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको महासंघले जनाएको छ ।
अहिले नेपाली बजारमा सुनसँगै चाँदीको मूल्य पनि घट्दै गएको छ । गत शुक्रबार तोलामा १५५ रुपैयाँले घटेको चाँदी आइतबार १ सय रुपैयाँ र सोमबार ८० रुपैयाँले घटेको थियो । मंगलबार तोलामा ३० रुपैयाँ हिजाे बुधबार ११० रुपैयाँले र आज ४५ रुपैयाँले घटेको छ ।
आज बिहीबार चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँमा काराेबार भएको छ । हिजाे बुधबार चाँदी प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।