Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, मङि्सर ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ठगी तथा विदेशी मुद्रा अपचलनसम्बन्धी कसुरमा ७ जना पक्राउ

- शुभ बिहानी / बिहिबार, मङि्सर ०४, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

रकम ठगी तथा विदेशी मुद्रा अपचलनसम्बन्धी कसुरमा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल पक्राउ परेका छन् । मलेसिया जाने कामदारबाट रकम ठगी तथा विदेशी मुद्रा अपचलनसम्बन्धी अनुसन्धानका क्रममा पोखरेल पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत रहँदा भएको अनियमिततामा संलग्न रहेको आरोपमा पोखरेललाई हिजाे पक्राउ गरेको हो ।

उक्त प्रकरणमा तत्कालीन दुई श्रममन्त्रीसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वरराय यादव, तत्कालीन सचिव विनोद केसी, सहसचिव राजीव पोखरेल र उमेश ढुंगाना तथा उपसचिव निर्मला गुरुङ रहेका छन् ।

प्रहरीका अनुसार मलेसिया जाने कामदारबाट अवैध रूपमा रकम संकलन गरी ठगी गर्नुका साथै विदेशी मुद्रा अपचलनमा समेत उनीहरूले सहयोग गरेको अनुसन्धानबाट खुलेको छ । यसअघि पनि उक्त प्रकरणमा संलग्न रहेको आरोपमा व्यवसायी कैलाश खड्कालगायत व्यक्ति पक्राउ परिसकेका छन् ।

Page Views: 4
संबन्धित शिर्षकहरु
आजका लागि कुन विदेशी मुद्राको विनिमयदर कति
बिहानपख हुस्सु र कुहिरो ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव
चितवन राइनोजद्वारा काठमाडौंसामु २०५ रनको लक्ष्य प्रस्तुत
ताजा अपडेट
  • आजका लागि कुन विदेशी मुद्राको विनिमयदर कति
  • ठगी तथा विदेशी मुद्रा अपचलनसम्बन्धी कसुरमा ७ जना पक्राउ
  • बिहानपख हुस्सु र कुहिरो ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव
  • चितवन राइनोजद्वारा काठमाडौंसामु २०५ रनको लक्ष्य प्रस्तुत
  • आज पनि सुनचाँदीकाे मूल्य घट्याे
  • करदाता प्रोत्साहन उपहारअन्तर्गत राम श्रेष्ठले पाए १० लाख
  • एनपीएलकाे पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम प्रतिस्पर्धा गर्दै
  • राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सम्पन्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama