Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आजको पञ्चाङ्ग तथा राशिफल हर्नुहाेस

- शुभ बिहानी / बुधबार, जेठ २०, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

पञ्चाङ्ग

आज वि.सं. २०८३ साल जेठ २० गते, सन् २०२६ जुन ३ तारिख, शक संवत् १९४८ र नेपाल संवत् ११४६ (अनलागा) रौद्र संवत्सर उत्तरायण ग्रीष्म ऋतु बुधवार अधिक ज्येष्ठ कृष्णपक्ष तृतीया तिथि ।

साँझ १९:१४ बजेपछि चतुर्थी लाग्ने छ भने नक्षत्र पूर्वाषाढा, २३:२७ बजेपछि उत्तराषाढा, योग शुभ, दिनरात, त्यसपछि शुभ करण वणिज, ०६:२१ बजेपछि भद्रा, १९:१४ बजेउप्रान्त वव, चन्द्रराशि धनु, योग (आनन्दादि) श्रीवत्स, त्यस्तै दिनमान १३:४५, सूर्योदय ०५:१० बजे, सूर्यास्त १८:५५ दिन विशेष : भ. ६:२१ उ. १९:१४ प. ।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

जोश जागरमा वृद्धि हुनेछ। पहिलाको उपलब्धिले नयाँ कार्यमा उत्साह जाग्नेछ। चिताएका कार्यहरू सम्पादन गर्न सकिएला। युक्ति पूर्ण व्यवहारले अरुको मन जित्न सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

शुभचिन्तकहरूको सहयोगले अप्ठ्यारो कार्य पनि सजिलै सम्पादन गर्न सकिनेछ। स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

खर्च बढ्नाले नयाँ कार्य प्रारम्भ गर्नमा बाधा आउनेछ। टाढाका साथीभाइहरूसँग सम्पर्क बढ्नुका साथै पायक स्थानमा भ्रमणका योग छन्। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ जिम्मेवारी मिल्नुका साथै व्यापार व्यवसायमा लाभ रहनेछ। श्रमको उचित मूल्यांकन मिल्नेछ। आफूभन्दा ठूलाप्रति आत्मीय भाव बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सामाजिक कार्य गर्ने अवसर मिल्नेछ। नोकरी वा पेशामा उच्च पदासीन व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। मन प्रशन्न रहनेछ। व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

कार्यक्षेत्रमा सहयोगीहरूले सहयोग दिए पनि काममा स्वयं खटिनुपर्ला। भविष्यलाई लिएर योजना बनाउने समय रहेको छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

तत्काल लाभ नभएतापनि पछिको लागि जग बसाउने समय रहेको छ। नकारात्मक विचारबाट मुक्ति मिल्नेछ। नयाँ काम गर्ने जोश जागरमा वृद्धी हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आफन्तहरू मध्य रमाइलो समय व्यतीत हुनेछ। सानो प्रायासले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

सामाजिक समस्या सुल्झाउनमा समय बित्नेछ। नोकरी र व्यवसायमा प्रगति हुनेछ। जीवनसाथीको सहयोगले थप लाभ र आनन्द प्राप्ति हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

नयाँ लगानी लगाउने अवसर जुट्नेछ। कार्यक्षेत्रमा आम्दानी बढाउन नयाँ कार्यतर्फ अग्रसर भइनेछ। रचनात्मक कार्यहरूमा सहभागी हुने अवसर प्राप्त हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

कार्यक्षेत्रमा नयाँ कार्य मिल्नुका साथै सन्तान पक्षबाट उपहार मिल्ला। रमाइलो यात्राले मन प्रसन्न रहनेछ। घरपरिवारको साथले नयाँ उत्साह जाग्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

मन मिल्दो साथी भेट्नुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ। वित्तीय र सहकारी संस्थाबाट लाभ मिल्ला। शत्रुहरू पराजित हुनेछन्। खानपिनमा सचेत रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

 

Page Views: 52
संबन्धित शिर्षकहरु
सन्तोष साह हाजिरी जमानीमा छुटे
नेपालगञ्ज भन्सारबाट मासिक राजस्व संकलनमा वृद्धि
मत्स्यनारायणकाे एक महिने मेला सम्पन्न
ताजा अपडेट
  • सन्तोष साह हाजिरी जमानीमा छुटे
  • नेपालगञ्ज भन्सारबाट मासिक राजस्व संकलनमा वृद्धि
  • मत्स्यनारायणकाे एक महिने मेला सम्पन्न
  • आज कुन राशिको राशिफल कस्ताे
  • सातवटै प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै
  • ट्राफिक प्रहरीद्वारा २४ घण्टामा १० लाख ४८ हजार बढि राजस्व संकलन
  • आज केहि स्थानमा पानी पर्ने
  • परराष्ट्र मन्त्री शिशिर खनाल चीन प्रस्थान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama