Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ

- शुभ बिहानी / आइतबार, साउन ०३, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौं । नेपालको झापा जिल्लामा जन्मिएका वरिष्ठ पाककला विज्ञ शेफ साई कुमार शर्मा अन्तर्राष्ट्रिय स्तरमा फेरि एकपटक नेपालको गौरव बढाउन सफल भएका छन्। तीन दशकभन्दा बढी समयदेखि पाककला क्षेत्रमा निरन्तर सक्रिय रहेका शर्मा भारतको चेन्नईमा सम्पन्न विश्व कीर्तिमानी कार्यक्रममा सहभागी हुँदै “ऋभचतषष्अबतभ या ध्यचमि च्भअयचम“ बाट सम्मानित भएका हुन्।

अन्तर्राष्ट्रिय पाककला संस्था International Nepalese Chefs Society (क्ष्ऋब्) द्वारा आयोजना गरिएको कार्यक्रममा विश्वभरका १०० व्यावसायिक शेफहरूले एउटै मञ्चमा दाल तथा गेडागुडीका १०० फरक–फरक परिकार तयार पार्दै नयाँ विश्व कीर्तिमान कायम गरेका थिए। उक्त ऐतिहासिक उपलब्धिमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै शेफ साई कुमार शर्मालाई ग्लष्तभम क्तबतभक या ब्mभचष्अब द्यययप या ध्यचमि च्भअयचमक अन्तर्गत ऋभचतषष्अबतभ या ध्यचमि च्भअयचम प्रदान गरिएको हो।

शेफ शर्मा हाल अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटी (क्ष्लतभचलबतष्यलब िल्भउबष् िऋजभा क्यअष्भतथ) का उपाध्यक्ष समेत हुन्। उनले विगत करिब ३० वर्षदेखि पाककला क्षेत्रमा निरन्तर योगदान दिँदै आएका छन्। नेपाल र भारतका विभिन्न सरकारी तथा व्यावसायिक संस्थाबाट पाककलाको विकास, प्रवद्र्धन तथा प्रशिक्षणमा पु¥याएको योगदानको कदरस्वरूप उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट विभूषित भइसकेका छन्।

चेन्नईस्थित रामाडा बाई विन्धम चेन्नई एग्मोर होटलमा सम्पन्न कार्यक्रम केवल विश्व कीर्तिमानमा सीमित थिएन। सो अवसरमा क्ष्लतभचलबतष्यलब िऋगष्लिबचथ ब्ििष्बलअभ (क्ष्ऋब्) को औपचारिक उद्घाटन, ज्यकउष्तबष्तिथ ७ ऋजभाक भ्हअभििभलअभ ब्धबचमक तथा विभिन्न अन्तर्राष्ट्रिय पाककला कार्यक्रमहरू पनि भव्य रूपमा सम्पन्न भएका थिए।

कार्यक्रममा मास्टरशेफ इन्डियाका विजेता विक्रम गान्धे र अजिंक्य गान्धे लाई विशेष सम्मान गरिएको थियो। पाककलाप्रति उनीहरूको समर्पण र योगदानलाई सहभागी शेफहरूले उच्च सम्मानका साथ स्मरण गरेका थिए।

विश्व कीर्तिमान कार्यक्रममा नेपालबाट शेफ साई कुमार शर्मासहित शेफ अनिल कुँवर क्षेत्री, शेफ सुनिता लामा, शेफ विष्णु खत्री, शेफ लक्ष्मण गैरे, शेफ लक्ष्मण सोनी, शेफ युवराज पुन मगर, शेफ ज्ञानबहादुर राना, शेफ रमेश बासेल, शेफ ओम थापा, शेफ गणेश दास, शेफ देबालिना मुखर्जी तथा शेफ रमेश सिंहलगायत अन्तर्राष्ट्रिय बोर्ड सदस्यहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमपछि प्रतिक्रिया दिँदै शेफ साई कुमार शर्माले यो उपलब्धि व्यक्तिगत नभई सम्पूर्ण नेपाली पाककला समुदायको गौरव भएको बताए। उनले भने, “यो सम्मान केवल मेरो होइन, सम्पूर्ण नेपाली शेफ समुदाय र नेपालको पहिचानको सम्मान हो। विश्वमञ्चमा नेपाली पाककलाको क्षमता र सम्भावनालाई स्थापित गर्ने दिशामा हामी अझ सशक्त रूपमा अघि बढ्नेछौँ।”

नेपालमा पाककला व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन शेफ शर्माले लामो समयदेखि प्रशिक्षण, अनुसन्धान, नयाँ परिकारको विकास तथा युवा शेफहरूको क्षमता अभिवृद्धिमा उल्लेखनीय भूमिका खेल्दै आएका छन्। उनको नेतृत्व र योगदानले नेपाली शेफहरूलाई विश्वस्तरका प्रतियोगिता तथा कार्यक्रमहरूमा सहभागी हुन प्रेरणा मिलेको पाककला क्षेत्रका विज्ञहरूको भनाइ छ।

चेन्नईमा स्थापित यो नयाँ विश्व कीर्तिमानसँगै नेपाली शेफहरूको अन्तर्राष्ट्रिय उपस्थिति अझ मजबुत बनेको छ। विशेषगरी शेफ साई कुमार शर्माले प्राप्त गरेको विश्व कीर्तिमान प्रमाणपत्र नेपाली पाककला क्षेत्रका लागि एउटा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। यसले नेपालको पाककला, स्थानीय स्वाद, परम्परागत परिकार र नेपाली शेफहरूको दक्षतालाई विश्वसामु थप सशक्त रूपमा चिनाउने विश्वास गरिएको छ।

Page Views: 102
संबन्धित शिर्षकहरु
लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
पशुपति क्षेत्रमा सरसफाइ गरियाे
ताजा अपडेट
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama