Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

६.२४ प्रतिशतले प्रतिनिधि बढेको विशेष महाधिवेशन पक्षधरको दाबी

- shuvadmin / मङ्गलबार, पुष २९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरुले महाधिवेशनमा सहभागी भइ हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरुको संख्या सत्तरी प्रतिशत पुर्‍याउने दाबी गरेका छन् ।

सोमबार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै महाधिवेशन पक्षधरहरुले यसबारे जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन पक्षधर नेता सुवास पोखरेलले आइतबार विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेहरुको संख्या २ हजार ६ सय ६२ रहेकोमा सोमबार ६.२४ प्रतिशतले बढेको बताए ।

संस्थापन पक्ष विधानले नचिन्ने भन्दै पार्टीका नेताहरुलाई बन्दसत्रमा सहभागी हुन आह्वान गरे ।

उनले विशेष महाधिवेशन पक्षधर महाधिवेशन प्रतिनिधिहरुको संख्या सत्तरी प्रतिशत पुर्‍याएर देखाइदिने बताए ।

मंगलबार नेतृत्व चयनका लागि बन्दसत्र शुरु हुने पनि जानकारी दिए । उनले भने, ‘हिजो हाम्रो संख्या भन्दा आज ६.२४ प्रतिशतले बढेको छ ।

हिजो २ हजार ६ सय ६२ थियो । त्यसमा ६.२४ बढ्दा ६३ प्रतिशत भन्दा बढीले हस्ताक्षर गर्नुभएको छ ।

कोही आउने क्रम जारी छ । संस्थापन हाम्रो विधानले चिन्दैन । पार्टीका नेताहरुलाई आग्रह गर्दछुः ६६ प्रतिशत भन्ने सुनियो, हामी सत्तरी पुर्‍याएर देखाइदिन्छौँ ।

भोलि हाम्रो ९ बजे बन्दसत्र शुरु हुन्छ । ९ वटा ग्रुपहरु रहनुभएको छ । कोशी प्रदेशले रिपोर्ट बुझाउनुभएको छ । भोलि निर्वाचन शुरु हुन्छ ।’

मंगलबार निर्वाचन, अनुशासन, केन्द्रीय समिति लगायतका समितिहरु भंग गर्ने बताए ।

Page Views: 131
संबन्धित शिर्षकहरु
गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
सुनको मूल्य लगातार उकालो लाग्दै
विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
ताजा अपडेट
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
  • आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने
  • सुदूरपश्चिममा एक महिनामा ५ हजार बढि सवारी चालक कारबाहीमा
  • लागुऔषधसहित पाँच महिला पक्राउ
  • केहि स्थानमा भारी वर्षा हुने सतर्कता अपनाउन अनुरोध
  • रुकुम गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama