Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

१३ दिनपछि ओली र लेखक रिहा, अनुसन्धान जारी, पत्नीहरूको जिम्मामा छाडियो

- शुभ बिहानी / बिहिबार, चैत २६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, भदौ २३ र २४ का घटनासम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखक १३ दिनपछि हिरासत मुक्त भएका छन्।

दुवैलाई अनुसन्धानका क्रममा आवश्यक परे हाजिर हुने शर्तमा पत्नीहरूको जिम्मा लगाएर रिहा गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, पूर्वप्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालमा उपचाररत अवस्थामै उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाएर छाडिएको हो।

स्वास्थ्य अवस्था सुधार भएसँगै अस्पतालबाट डिस्चार्ज गर्ने विषयमा भने चिकित्सकहरूले निर्णय गर्ने जनाइएको छ।

त्यसैगरी, पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट रिहा गरी उनकी पत्नी यशोदा लेखकको जिम्मा लगाइएको छ। उनी चैत १४ देखि सो गणमा राखिएका थिए।

मन्त्रिपरिषद्ले भदौ २३ र २४ को घटनाबारे गौरीबहादुर कार्की आयोग ले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि दुवै नेतालाई प्रहरीले पक्राउ गरेको थियो।

आयोगले उक्त घटनामा फौजदारी अनुसन्धान अघि बढाउन सिफारिस गरेको थियो।

प्रहरीका अनुसार, दुवैलाई अनुसन्धानको आवश्यकताअनुसार जुनसुकै बेला उपस्थित हुने सर्तमा रिहा गरिएको हो।

यससँगै बहुचर्चित उक्त घटनाको अनुसन्धान भने अझै जारी रहेको जनाइएको छ।

Page Views: 83
संबन्धित शिर्षकहरु
हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
देशकाे अधिकांश स्थानमा पानी पर्ने
ताजा अपडेट
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama