नेपाल–भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपालले स्थानीयसँग छलफल गरेको छ । सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रणका लागि स्थानीयसँग छलफल गरेको हाे ।
सशस्त्र प्रहरी बल नेपालले राैतहटकाे बौधीमाई नगरपालिका–७, स्थित भन्सार नाकामा आयोजित छलफलमा सीमा क्षेत्रका सुरक्षा चुनौती र समाधानका उपायबारे स्थानीय तथा जनप्रतिनिधिसँग सुझाव सङ्कलन गरिएको हो ।
उक्त छलफलमा लागुऔषध ओसारपसार, चोरी–पैठारी, मानव बेचबिखन, अवैध हातहतियारको कारोबार र राजस्व चुहावट नियन्त्रणका विषय उठाइएको थियो । सशस्त्र प्रहरी बल छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीको आयोजनामा भएको कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले सीमा सुरक्षा र अपराध नियन्त्रणका लागि स्थानीय नागरिकको सहकार्य आवश्यक रहेको बताए ।
उक्त कार्यक्रममा बौधीमाई नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादव, उपप्रमुख प्रमिलादेवी जयसवाल, ईशनाथ नगरपालिकाकी प्रमुख कौशल्या देवी तथा सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीले सुरक्षा निकाय र स्थानीयबीचको सहकार्यले मात्रै प्रभावकारी नतिजा दिन सक्ने धारणा राखेका थिए ।