काठमाडौँ । थापाथलीस्थित सुकुमबासी बस्तीमा आज बिहान डोजर चलाइएको छ । बाक्लो संख्या प्रहरी परिचालन गरेर बिहान साढे ८ बजेदेखि डोजर चलाइएको हो ।
अधिकांश सुकुमबासीहरुले शुक्रबार नै बस्ती छाडे पनि केहीले भने आज बिहान मात्र समान निकालेका थिए । यद्यपि बस्तीमा डोजर चल्दा कुनै अवरोध भने भएको थिएन ।
सरकारको निर्देशन पनि पनि अटेरी गरेकाहरुको समान आज बिहान प्रहरीको सहयोगमा बस्ती बाहिर निकालिएको थियो । कतिपय सुकुमबासीहरु अहिले पनि सडक छेउमा समान राखेर अलपत्र अवस्थामा छन् । 