Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

निषेधित क्षेत्रमा विदेशीलाई पदयात्रामा लैजान पूर्वअनुमति अनिवार्य

- शुभ बिहानी / बिहिबार, बैशाख २४, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

अध्यागमन विभागले विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा पूर्वअनुमति लिएरमात्र पदयात्रामा लैजान निर्देशनयुक्त चेतावनी दिएको छ । अनुमतिबिनै केही ट्रेकिङ एजेन्सीले विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा पदयात्रामा लगेपछि विभागले निर्देशनयुक्त चेतावनी दिएको हो ।

विभागले एक विज्ञप्ति जारी गर्दै अनुमति लिएरमात्र विदेशीलाई पदयात्रामा लैजान आग्रह गरेको हाे । विभागकाे निर्देशनलाई बेवास्ता गरेमा कानूनबमोजिम कारबाही गरिने चेतावनी छ । विज्ञप्तिमा भनिएको छ, ‘पदयात्रा अनुमति लिएरमात्र विदेशीहरुलाई पदयात्रामा लैजान विभागले पुनः अनुरोध गर्दछ । आगामी दिनमा यस प्रकारका गैरकानूनी गतिविधि भए गरेको पाइएमा विद्यमान अध्यागमन कानूनबमोजिम कारबाही हुने व्यहोरासमेत सम्बद्ध सबैमा जानकारी गराइन्छ ।’

विभिन्न १३ जिल्लाका तोकिएका निषेधित क्षेत्रमा विदेशी नागरिकले पदयात्रा गर्न अध्यागमनबाट अनिवार्य रुपमा अनुमति लिनुपर्ने व्यवस्था गरेकाे छ । विभागका अनुसार पदयात्रा अनुमतिसम्बन्धी सम्पूर्ण कार्य अनलाइन माध्यमबाट हुने भएकाले भौतिक रुपमा उपस्थित हुनुपर्ने अवस्था छैन । साथै, अनुमतिको लागि आवश्यक कागजात वा अन्य प्राविधिक समस्या भएमा सहजीकरणका लागि छुट्टै सम्पर्क नम्बर ९७६१४२३६३६ मा सम्पर्क गर्न सकिन्छ ।

Page Views: 95
संबन्धित शिर्षकहरु
गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
सुनको मूल्य लगातार उकालो लाग्दै
विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
ताजा अपडेट
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
  • आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने
  • सुदूरपश्चिममा एक महिनामा ५ हजार बढि सवारी चालक कारबाहीमा
  • लागुऔषधसहित पाँच महिला पक्राउ
  • केहि स्थानमा भारी वर्षा हुने सतर्कता अपनाउन अनुरोध
  • रुकुम गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama