एसईईको नतिजा हेर्न सकिने माध्यमबारे राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । बोर्डले माध्यमिक शिक्षा परीक्षा २०८२ सालकाे (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारी गरेसँगै नजिता हेर्न सकिने माध्यमबारे जानकारी दिएको हाे ।
बोर्डको परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना जारी गर्दै एसईईको नतिजा हेर्ने माध्यमबारे जानकारी दिएको हो ।बोर्डका अनुसार एसएमएस गरेर वा सिधै वेबसाइटमा गएर एसईईको नजिता हेर्न सकिने बताइएको छ ।
आज जारी सूचनाअनुसार, नियमित र ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस र आईभीरबाट तीन ठाउँबाट जान्न सकिने बताइएकाे छ । विभिन्न १४ वटा वेबसाइटमा पनि नतिजा प्रकाशन हुने कार्यालयले जनाएको छ ।
एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका : तल दिइएका सर्टकोडमा एसएमएस पठाएर वा फोन गरेर आफ्नो नतिजा प्राप्त गर्न सकिनेछ।
नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
एम्बिसन गुरु: ३१०६९ (SMS सेवा मात्र)
वेबसाइटबाट नतिजा हेर्ने ठेगानाहरू: इन्टरनेटको माध्यमबाट विस्तृत नतिजा र मार्कसिट हेर्नका लागि कार्यालयले सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटलाई अनुमति दिएको छ।
राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट : www.see.gov.np र www.neb.gov.np
नेपाल टेलिकम : www.see.ntc.net.np
कान्तिपुर पब्लिकेसन्स : www.ekantipur.com
इडियु सञ्जाल : www.see.edusanjal.com
खल्ती: https://khalti.com/app
कलेज इन्फो नेपाल प्रालि : see.collegeinfonepal.com
द कनेक्ट प्लस प्रालि : https://theconnectplus.com
एनसेल आजियाटा लिमिटेड : https://ncellapp.ncell.com.np/result
निमा एजुकेशन फाउन्डेसन : result.neemaacademy.com
फोनिक्स एजुकेशन फाउन्डेसन : resultayo.com
एम्बिसन गुरु प्रालि : see.ambition.guru
एनईबी रिजल्टस एन्ड न्युज प्रालि : https://see.merostudy.net
इन्द्रेणी टाइम्स नेटवर्क प्रालि: nebeducation.com/see