Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, बैशाख २७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रास्पा रविको प्रश्न ? प्रधानन्यायाधीश सिफारिस कसरी असंवैधानिक भयो रु ‘मेरो गर्दन अहिले पनि अदालतमै छ, त्यस्तो रिस उठेको भए चलाइदिए हुन्छ हतियार’

- शुभ बिहानी / आइतबार, बैशाख २७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

रास्वपाका सांसदहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले प्रधानन्यायाधीशका लागि प्रस्तावित ६ जना सबै योग्य भएको बताए ।

उनले भने, ‘एक जना कसैले भनिदियोस् कसरी असंवैधानिक भयो ? ६ जनालाई योग्य भनेर संवैधानिक सिफारिस किन गरेको ? त्यहीँ असंवैधानिक भयो होला नि । ६ जनाको साटो वरिष्ठतम जो हुनुहुन्छ उहाँलाई नै दिनुपर्ने छ संविधानमा भनेको भए हुन्थ्यो । संवैधानिक परिषद्को बैठक नै बस्नु पर्थेन ।’

परम्परा भत्काइएको विषयमा टिप्पणी गर्दै उनले यदि परम्परा पछ्याइएको भए भागबन्डामै जानुपर्ने बताए ।
लामिछानेले थपे, ‘परम्परा भत्काइयो भनिरहेका छन् । यदि त्यही परम्परामा जाने भइदिएको भए ६ जनाको उपस्थिति भएको संवैधानिक परिषद्मा कसलाई कति जना भागबण्डा लगाउने भनेर छलफल चलिरहेको हुन्थ्यो । १ जनामा सकिन्नथ्यो । तर हामीलाई भागबण्डामा विश्वास छैन । हामी राजनीतिमा आउनु पूर्व नै बनेको विधि हो । हामी सरकारमा आउनुअघि सर्टलिस्ट आइपुग्यो । त्यसमध्ये एउटा छान्नुस भनियो । त्यही विधिलाई मानेर एकजनालाई सिफारिस गरेको हो । न्यायालयका विषयलाई धेरै अप्ठेरो बनाएर, टसल गरेर, चुनौतीपूर्ण ढंगका अभिव्यक्ति दिएर के लाभ हुन्छ ? जगहसाइ मात्र हुन्छ ।’

आफ्नो गर्दन अहिले पनि अदालतमै रहेको उनले बताए ।

‘मेरो कुरा गर्नुहुन्छ भने मेरो त गर्दन अहिले पनि त्यहीँ छ । त्यस्तो रिस उठेको छ भने चलाइदिनुस् हतियार । बुझाएर आएको छु आफ्नो गर्दन । होइन भने न्यायालयको गरिमा, प्रतिष्ठालाई सडकको विषय बनाउनु हुँदैन,’ उनले भने ।

Page Views: 4
संबन्धित शिर्षकहरु
सुनको मूल्य घट्दा चाँदीकाे मूल्य बढ्याे
च्याउ प्रतिकिलो २६० अन्य तरकारी तथा फलफूलकाे मूल्य कति ?
एसईईको नतिजा कसरी हेर्ने ?
ताजा अपडेट
  • रास्पा रविको प्रश्न ? प्रधानन्यायाधीश सिफारिस कसरी असंवैधानिक भयो रु ‘मेरो गर्दन अहिले पनि अदालतमै छ, त्यस्तो रिस उठेको भए चलाइदिए हुन्छ हतियार’
  • सुनको मूल्य घट्दा चाँदीकाे मूल्य बढ्याे
  • च्याउ प्रतिकिलो २६० अन्य तरकारी तथा फलफूलकाे मूल्य कति ?
  • एसईईको नतिजा कसरी हेर्ने ?
  • सप्तरीमा एक दर्जन घर जलेर नष्ट
  • आज पनि केही भू–भागमा पानी पर्ने
  • आज फलफूल तथा तरकारीकाे थोक मूल्य कति ?
  • नारायणगढ–मुग्लिन सडकमा सुक्खा पहिरो, यातयात अवरुद्ध

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama