Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असोज २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

डोनल्ड ट्रम्प र सी चीन फिङबीच आज भेटवार्ता

- शुभ बिहानी / बिहिबार, बैशाख ३१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

चीनकाे राजधानी बेइजिङमा आज अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चीन फिङबीच उच्चस्तरीय भेटवार्ता हुँदैछ । बेइजिङस्थित ‘द ग्रेट हल अफ द पिपुल’ मा दुई देशका राष्ट्रपतिकाे भेटवार्ता हुन लागेकाे हाे ।

अमेरिकी राष्ट्रपति ट्रम्प र सी चीन फिङबीचकाे भेटलाई विश्व राजनीति र अर्थतन्त्रको नयाँ मोडका रूपमा हेरिएको छ । यसअघि सन् २०१७ नोभेम्बरमा चीन भ्रमणमा गएका ट्रम्प आफ्नो दोस्रो कार्यकालमा पहिलोपटक बेइजिङ पुगेका हुन् ।

यो भेट तनावपूर्ण भू–राजनीतिक पृष्ठभूमि र विश्वव्यापी व्यापारिक खिचातानीका बीच हुन लागेको हो । ट्रम्पको दोस्रो कार्यकाल सुरु भएसँगै चिनियाँ सामग्रीमाथिको भन्सार वृद्धिले दुई देशबीचको व्यापारिक सम्बन्धमा असर पारेको बताइएकाे छ ।

यस भेटमा व्यापारिक सम्बन्धलाई पुनः मजबुत बनाउन व्यापारिक ढाँचा (बोर्ड अफ ट्रेड)को प्रस्ताव गर्ने अमेरिकाको तयारी छ । सन् २०२५ अक्टोबरमा दक्षिण कोरियाको बुसानमा भएको भेटमा भन्सार शुल्क ५७ बाट ४७ प्रतिशतमा झारिएको थियो, जसलाई ट्रम्पले ‘सफल वार्ता’ को संज्ञा दिएका थिए ।

चीनतर्फ प्रस्थान गर्नुअघि ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै सीले ताइवानको मुद्दा जोडतोडले उठाउनसक्ने संकेत गरेका थिए । यस्तै, जारी इरान युद्ध र त्यसले ऊर्जा बजारमा पारेको प्रभावबारे पनि दुई नेताबीच छलफल हुने बताइएकाे छ । चीनले इरानमाथि भएको आक्रमणको निन्दा गर्दै आएको छ भने अमेरिका युद्धमा प्रत्यक्ष संलग्न रहेकाे छ ।

Page Views: 115
संबन्धित शिर्षकहरु
चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
ताजा अपडेट
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै
  • संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
  • बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
  • गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama