त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा. सुशीलबहादुर बज्राचार्यले पाएका छन् । प्रा.डा. बज्राचार्यलाई प्रधानमन्त्री तथा कुलपति बालेन्द्र शाहले जिम्मेवारी दिएका हुन् ।
यसअघि अध्यादेश मार्फत विश्वविद्यालयको उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त भएपछि बज्राचार्यलाई निमित्तको जिम्मेवारी दिइएको हो । सरकारले अध्यादेश जारी गर्नुअघि नै त्रिविको उपकुलपतिबाट प्रा.डा. दीपक अर्यालले राजीनामा दिएका थिए ।
यता विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस समिति गठन भईसकेकाे छ भने समितिले आवेदन माग गर्दै १० दिनको समय दिइएको छ ।