गएराति भएकाे फिफा विश्वकप २०२६ अन्तर्गतकाे उद्घाटन खेलमा मेक्सिको विजयी भएकाे छ । मेक्सिकोले दक्षिण अफ्रिकामाथि २–० को सहज जित निकालेको हो ।
त्यसैगरि समूह ‘ए’ को खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ गोलले पराजित गरेको छ । उद्घाटन खेल मेक्सिकोको ऐतिहासिक तथा आइकोनिक एज्टेका रंगशालामा सम्पन्न भएकाे थियाे भने अर्काे खेल ग्वाडालाजारा रंगशालामा सम्पन्न भएकाे थियाे ।
दाश्राे खेलमा दक्षिण कोरियाले उत्कृष्ट पुनरागमन गर्दै महत्वपूर्ण ३ अंक जोडेकाे छ । खेलको ५८औँ मिनेटमा चेक रिपब्लिकले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएपछि दक्षिण कोरियाले खेलमा फर्किने प्रयास जारी राख्दै ६६औँ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएकाे थियाे । त्यसपछि ७९औँ मिनेटमा अर्काे गोल गर्दै दक्षिण कोरियाले २–१ को अग्रता लिएकाेमा उक्त गाेल नै निर्णायक गोल साबित भएकाे हाे ।
२० वर्षपछि विश्वकपमा फर्किएको चेक रिपब्लिकले बलियो चुनौती प्रस्तुत गरे पनि दक्षिण कोरियासँग पराजित हुन पुगेकाे हाे । यो जितसँगै दक्षिण कोरियाले समूह चरणमा आफ्नो बलियो उपस्थिति बनाएको छ ।