नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरणको म्याद थप गरेको छ । यही जेठ २८ गते राति १२ बजेसम्म सदस्यता वितरणको म्याद भएकोमा उक्त म्यादकाे समयसीमा फेरि थप गरेकाे हाे ।
क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत ७ लाख ८२ हजार २ सय ९ योग्य सदस्यमध्ये ५ लाख ३८ हजार ६ सय २२ जनाले वडा सभापतिमार्फत डिजिटल परिचयपत्र प्राप्त गरिसकेका छन् ।
अहिलेसम्म कांग्रेसका १ लाख ४९ हजार ३ सय ९ सदस्यले स्वयम् अद्यावधिक फाराम पेस गरिसकेकाे र उनीहरूको विवरण वडा सभापतिमार्फत अद्यावधिक हुने प्रक्रियामा रहेकाे पनि नेपाली कांग्रेसले जनाएकाे छ ।
कांग्रेसले हालै जारी गरेको विज्ञप्तिअनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्ने सयमा जेठ २८ गते राति १२ बजेसम्म रहेकाेमा अर्को सूचना जारी नभएसम्म क्रियाशील सदस्यता वितरणको म्याद बढाइएको जनाएकाे छ ।