Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

- शुभ बिहानी / सोमबार, असार २९, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, राजधानीका तीन प्रमुख सञ्चारगृहको मुख्य प्रवेशद्वारमै शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएपछि पत्रकार तथा सञ्चारकर्मीको सुरक्षालाई लिएर गम्भीर प्रश्न उठेको छ।

सोमबार बिहान नयाँ बानेश्वरस्थित अनलाइनखबर, थापागाउँस्थित हिमालय टेलिभिजन र कान्तिपुर पब्लिकेसनको कार्यालय अगाडि सवारीसाधन पार्किङ गरिएपछि कार्यालय प्रवेशमा अवरोध सिर्जना भएको थियो।

कार्यालय सञ्चालन हुने व्यस्त समयमा प्रवेशद्वार नै छेक्ने गरी गाडी राखिएको घटनाले पत्रकारहरूमा अन्योल र मनोवैज्ञानिक त्रास उत्पन्न गरेको उनीहरूले बताएका छन्।

प्रत्यक्षदर्शीका अनुसार बिहान करिब ८ बजेदेखि ती सवारीसाधन कार्यालय परिसरको गेटअगाडि पार्किङ अवस्थामा देखिएका थिए।

कान्तिपुर पब्लिकेसन र हिमालय टेलिभिजन अगाडि एसयूभी तथा अनलाइनखबर कार्यालय अगाडि हुन्डाई कम्पनीको गाडी पार्किङ गरिएको थियो।

घटनाबारे जानकारी पाएपछि नेपाल प्रहरीले सम्बन्धित सवारीसाधनमा ह्विललक गरेको छ भने क्रेनमार्फत हटाउने प्रक्रिया अघि बढाएको जनाएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार घटनाबारे आवश्यक अनुसन्धान शुरु भइसकेको छ।

उनले शंकास्पद रूपमा पार्किङ गरिएका सवारीसाधनका मालिक र घटनाको उद्देश्यबारे अनुसन्धान भइरहेको जानकारी दिए।

घटनापछि विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकारहरूले यसलाई सामान्य पार्किङको विषयभन्दा फरक र योजनाबद्ध गतिविधि हुन सक्ने आशंका व्यक्त गरेका छन्।

उनीहरूका अनुसार प्रेस स्वतन्त्रतामाथि अप्रत्यक्ष दबाब सिर्जना गर्ने प्रयासका रूपमा समेत घटनालाई हेरिएको छ।

यस घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ।

महासंघले विज्ञप्ति जारी गर्दै सञ्चारगृहको प्रवेशद्वारमै अवरोध सिर्जना गरी पत्रकारलाई आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्न कठिनाइ उत्पन्न गर्नु अस्वीकार्य भएको उल्लेख गरेको छ।

महासंघले सम्बन्धित निकायसँग तत्काल अवरोध हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारबाही अघि बढाउन माग गरेको छ।

साथै, सञ्चारमाध्यममाथि कुनै पनि प्रकारको दबाब, धम्की वा अवरोध लोकतान्त्रिक मूल्य–मान्यता र प्रेस स्वतन्त्रताको मर्मविपरीत हुने भएकाले यस्ता गतिविधि दोहोरिन नदिन प्रभावकारी कदम चाल्न समेत आग्रह गरेको छ।

Page Views: 24
संबन्धित शिर्षकहरु
देशकाे अधिकांश स्थानमा पानी पर्ने
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
ताजा अपडेट
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न
  • सडक भासिएपछि तातोपानी नाका अवरुद्ध
  • मकवानपुरमा खोलाले खाली ट्रक बगायाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama