Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, साउन ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

धर्नामा बसेकी विनु यादवसँग मन्त्री सीता वादीकाे भेटवार्ता

- शुभ बिहानी / बुधबार, साउन ०६, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सिंहदरबारको मूल गेटमा धर्नामा बसेकी विनु यादवसँग महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भेटवार्ता गरेकी छन् । मन्त्रालयमा भएको उक्त भेटवार्तामा धर्नामा बसेकी यादवले आफ्नाे माग, न्याय प्राप्तिसम्बन्धी सरोकार, स्वास्थ्य उपचार, जीविकोपार्जन तथा आफ्ना मुद्दासँग सम्बन्धित विषयहरू मन्त्रीसमक्ष राखेकि थिइन् ।

यादवले सम्बन्धित निकायबाट निष्पक्ष, प्रभावकारी तथा कानुनबमोजिम आवश्यक प्रक्रियाअघि बढाइदिन आग्रह गरेकाे र जवाफमा मन्त्री वादीले यादवका माग तथा सरोकारप्रति मन्त्रालय गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै मन्त्रालयको कार्य क्षेत्रभित्र पर्ने विषयमा आवश्यक पहल, समन्वय तथा सहजीकरण गरिने विश्वास दिलाएकाे मन्त्री वादीको सचिवालयले जनाएको छ ।

मन्त्री वादीले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी कानुनबमोजिम विषयलाई उचित ढङ्गबाट अघि बढाउन मन्त्रालयले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गरेकी थिइन् । भेटवार्ताका क्रममा यादवको स्वास्थ्य अवस्थाको विस्तृत परीक्षण, आवश्यक स्वास्थ्य उपचार तथा रोजगारी एवं जीविकोपार्जनका लागि आवश्यक सहयोग उपलब्ध गराउने विषयमा छलफल भएको बताइएकाे छ ।

यादवले उठाएका अन्य विषयहरू सम्बन्धित निकायमा आवश्यक पहल तथा कारबाहीका लागि पठाउने र अदालतमा विचाराधीन विषयहरू प्रचलित कानुनबमोजिम न्यायिक प्रक्रियाबाट निरूपण हुने विषयमा विचार विमर्श भएको बताउँदै मन्त्री वादीले नागरिकका गुनासा तथा सरोकारप्रति सरकार सदैव संवेदनशील रहेको उल्लेख गरिन् ।

उनले पीडितमैत्री सेवा प्रवाह, न्यायमा सहज पहुँच तथा कानुनी शासनको प्रभावकारी कार्यान्वयन सरकारको प्राथमिकता रहेको बताइन् । उनले मन्त्रालयको अधिकार क्षेत्रभित्र पर्ने विषयमा आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको समेत स्पष्ट पारेकी छन् ।

Page Views: 9
संबन्धित शिर्षकहरु
अण्डाको मूल्य बढ्न थाल्याे
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
बाढी पहिरोका कारण विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध
ताजा अपडेट
  • अण्डाको मूल्य बढ्न थाल्याे
  • धर्नामा बसेकी विनु यादवसँग मन्त्री सीता वादीकाे भेटवार्ता
  • नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
  • बाढी पहिरोका कारण विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध
  • पाककलाको क्षेत्रमा सेफ भवी खनालकाे अन्तर्राष्ट्रिय स्तरको पहिचान
  • आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण
  • कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
  • माैसम बदलीसँगै केहि स्थानमा भारी वर्षा हुने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama