Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, साउन ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बाढी पहिरोका कारण विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध

- शुभ बिहानी / मङ्गलबार, साउन ०५, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

पछिल्लाे समय मनसुन सक्रिय भएसँगै लगातारको वर्षा, बाढी र पहिरोका कारण देशकाे विभिन्न मुख्य राजमार्गहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयको विवरणअनुसार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका विभिन्न खण्डमा राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएका छन् । राजमार्ग अवरुद्ध हुँदा यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र सावधानी अपनाउन सम्वन्धित सबैमा अनुरोध गरिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग बाढीका कारण एकतर्फी मात्र सुचारु रहेको छ भने अर्को वैकल्पिक बाटो समेत उपलब्ध छ । त्यस्तै, इलामको इलाम नगरपालिका–९ राजुदवालीस्थित मेची राजमार्ग र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ माम्खास्थित मध्यपहाडी लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

बागमती प्रदेशतर्फ, काभ्रेको खुर्कोट–नेपालथोक–कत्तुञ्जेबेँसी चल्ने विपि राजमार्ग सम्भावित बाढीका कारण प्रभावित भएको छ। यस खण्डमा राति ६ बजे देखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालन रोकिएको छ भने बिहान ४ देखि साँझ ६ बजेसम्म भने स्थितिको विचार गरी सवारीसाधन सुचारु हुने व्यवस्था मिलाइएको छ ।

त्यसैगरि सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरीकिलो (तातोपानी जाने बाटो) र वडा नं २ कोदारी क्षेत्रमा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । मकवानपुरको हेटौँडा–टिस्टुम–बागमती–ललितपुर जोड्ने कान्तिलोकपथमा सम्भावित बाढी तथा पहिरोका कारण रात्रिकालीन समयमा (साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म) सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ भने रसुवाको गोसाइकुण्ड गाउँपालिका–६ बोकेजुन्डास्थित पासाङ ल्हामु सडक खण्ड भने पहिरो पछि एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

त्यस्तै गण्डकी प्रदेशअन्तर्गत बागलुङको जैमिनी नगरपालिका–८ बेलगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर सडक खण्ड पूर्ण रूपमा बन्द रहेको छ भने सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित शैल्यशिखर नगरपालिका–६ पनेबाँज र मालिकार्जुन गाउँपालिका–८ ऐरीछिनामा गएको पहिरोका कारण महाकाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ । हाल सडक अवरुद्ध भएका स्थानहरूमा यातायात सुचारु गर्ने प्रयास भइरहेको छ ।

Page Views: 10
संबन्धित शिर्षकहरु
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
पाककलाको क्षेत्रमा सेफ भवी खनालकाे अन्तर्राष्ट्रिय स्तरको पहिचान
आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण
ताजा अपडेट
  • नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
  • बाढी पहिरोका कारण विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध
  • पाककलाको क्षेत्रमा सेफ भवी खनालकाे अन्तर्राष्ट्रिय स्तरको पहिचान
  • आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण
  • कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
  • माैसम बदलीसँगै केहि स्थानमा भारी वर्षा हुने
  • नेपाल पर्यटन बोर्डमा नवनियुक्त सदस्यलाई स्वागत, निजी क्षेत्रसँगको सहकार्य र सुशासनमा जोड
  • च्याउ खोज्न गएका १७ जनामध्ये तीन जना फेला

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama