Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, साउन १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चौंरीदेउरालीका नागरिकलाई उपत्यकामा घुम्ती सेवा

- शुभ बिहानी / सोमबार, साउन १८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काभ्रेपलाञ्चोक जिल्लाको चौंरीदेउराली गाउँपालिकाले काठमाडौँमा सामाजिक सुरक्षा परिचयपत्र नवीकरणसहित विभिन्न घुम्ती सेवा शुरु गरेको छ । उपत्यकामा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई लक्षित गर्दै गाउँपालिकाले आजदेखि काठमाडौँको पेप्सिकोलास्थित स्टार फुड एण्ड बैंक्वेटमा घुम्ती सेवा शुरु गरेको हो ।

आज पहिलाे दिन गाउँपालिकाकाे वडा नम्बर १,८,९ का नागरिकलाई सेवा दिइएकाे छ भने बाँकी नागरिकका लागि भाेली साउन १९ गते पनि सेवा सञ्चालन हुनेछ । त्यसैगरि गाउँपालिकाकाे वडा नम्बर २,४,५ का लागि साउन २० र २१ गते तथा वडा नम्बर ३,६,७ का लागि साउन २२ र २३ गते घुम्ती सेवा मार्फत सुविधा दिने बताइएकाे छ ।

गाउँपालिकाका अध्यक्ष तथा पूर्वसंविधानसभा सदस्य रेणुका चौँलागाईको विशेष पहल र वडाध्यक्षहरुको समन्वयमा सुरु भएको उक्त सेवाले विशेषगरी गाउँ फर्कन नसक्ने अवस्थामा रहेका ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरुलाई सहजता प्रदान गर्ने विश्वास गरिएको छ ।

गाउँपालिकाको पञ्जिकरण शाखा तथा अन्य कर्मचारीहरूको सहभागितामा सञ्चालन भइरहेको यस सेवाबाट काठमाडौँ, भक्तपुर, ललितपुर, बनेपा र धुलिखेलमा बसोबास गरिरहेका चौरीदेउरालीका स्थायी बासिन्दा लाभान्वित हुनेछन् ।

उक्त घुम्ती सेवा मार्फत सामाजिक सुरक्षा भत्ता नवीकरणदेखि नागरिकता सिफारिस, जन्मदर्ता, मृत्युदर्ता, सम्बन्धविच्छेद दर्तालगायत सेवा दिइनेछ । सेवा प्रत्येक दिन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म उपलब्ध रहनेछ । सो समयमा कामकाजी नागरिकले समेत सहज रूपमा सेवा लिन सक्ने अपेक्षा गरिएको छ ।

गाउँपालिका अध्यक्ष रेणुका चौँलागाईले यो अभियानलाई नागरिकमैत्री सेवाको महत्वपूर्ण पहलका रूपमा उल्लेख गर्दै उनले भनिन, “हामी चौरीदेउराली गाउँपालिकाका बासिन्दाहरूको सेवामा निरन्तर प्रतिबद्ध छौँ । विशेषगरी ज्येष्ठ नागरिक र अशक्त व्यक्तिहरूलाई गाउँपालिका आउनुपर्ने बाध्यता अन्त्य गर्दै उहाँहरुको पहुँचमै सेवा पुर्यााउने प्रयास गरेका हौँ ।”

घुम्ती सेवाले काठमाडाैँ उपत्यकामा अस्थाइ बसाेबास गरिरहेका चौरीदेउरालीका नागरिकलाई पालिकासम्म धाउन पर्ने बाध्यताबाट मुक्ति दिनुका साथै उनीहरूको समय तथा श्रम बचत गर्ने विश्वास गरिएको छ । पालिकाका अन्य सेवालाई पनि प्रभावकारी र सहज बनाउने प्रतिबद्धता सहित अध्यक्ष चौँलागाईले गाउँपालिकाले उपत्यकामा रहेका आफ्ना नागरिकलाई यो अवसरको लाभ उठाउन अनुरोध गरेकी छन् ।

Page Views: 27
संबन्धित शिर्षकहरु
पूर्वी नाका काँकडभिट्टाबाट चियाको निर्यातमा गिरावट
पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो
नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर निर्धारण
ताजा अपडेट
  • चौंरीदेउरालीका नागरिकलाई उपत्यकामा घुम्ती सेवा
  • पूर्वी नाका काँकडभिट्टाबाट चियाको निर्यातमा गिरावट
  • पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो
  • नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर निर्धारण
  • दुर्गा प्रसाईं पक्राउ
  • पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि
  • चौरी देउरालीमा मनाइयो कोदो दिवस
  • सर्लाहीको मलंगवामा धार्मिक तथा साम्प्रदायिक सद्भाव र्‍याली

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama