भक्तपुरमा खाना पकाउने एलपी ग्यासको कालोबजारी गर्ने एक जना पक्राउ परेका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोटका ५७ वर्षीय तुलसीराम त्वयनालाई प्रहरीले पक्राउ गरेको हो ।
तुलसीरामले उपभोक्तालाई प्रतिसिलिण्डर ७ हजारका दरले ग्यास बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको थियाे ।
निजले सञ्चालन गरेको किराना पसलबाट तीन थान सिलिण्डर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले जानकारी दिएका छन् ।
